कतारमा ८४ नेपाललाई पीडा

दोहा/कतार । बैदेशिक रोजगारीका लागि नेपालबाट कतार आएका नेपाली कामदार समस्याका कारण न्याय खोज्दै नियोगको शरणमा आएका छन् ।
८४ जना पीडितहरुको भनाई अनुसार टयालेन्ट म्यानपावरका संचालक तथा दोहास्थित सप्लाई कम्पनी मालिक धनुषा जिल्लाका दीपक साहले उनीहरुलाई कतारमा अलपत्र बनाएका हुन् ।
अलपत्र पर्नेमा उनीहरु सहित १ सय ५२ जना नेपाली कामदार छन् । उनीहरुसँग ८० हजार देखि १ लाख २२ हजारसम्म रकम असुलेर मेनपावरले कार्पेन्टर, प्लम्बर, मेशन र हेल्परको काममा कतार ल्याएको हो ।
समस्या भोगेर नियोगको शरणमा आउने पीडित कामदारहरुका अनुसार १ महिना देखि ४ बर्षसम्म काम गर्दै आईरहेका नेपाली कामदार पनि छन् ।
कम्पनीले कतारको स्थानीय ८ सय तलब र खानाका लागि २ सय रुपियाँ दिने भनेर कामदार ल्याएपनि ६ सय तबल मात्रै दिने गरेको गुनासो  छ। उनीहरुलाई २ सय रुपियाँ खानाका लागि भने दिने गरिएको छ ।
तलव पनि ३ महिनाको बाँकी राखेर दिने गरेको गुनासो पीडित मजदरहरुको छ ।
तलब नदिने, घर जाने बेलामा बोनस नदिने, विरामी हुँदा हस्पिटल नलैजाने, कोठा, पानी तथा एसीको समस्या आफूहरुलाई परेको उनीहरुले बताए ।
यसैवीच, मेनपावरका साहले गुनासो र उजुरी परेपछि नियोगमा आएर कामदारहरुको समस्या समाधान गर्ने तर्फ तदारुकता देखाएका छन् ।

प्रतिक्रिया