दाङमा कार रोकेर लुटपाट

दाङ, ८ भदौं । दाङ जिल्लाको विजौरी–८ मा अज्ञात समूहले कारलाई रोकेर लुटपाट गरेका छन् ।
तीन जनाको समूहमा रहेका व्यक्तिले घोराही–तुल्सीपुर सडकखण्डको विजौरीमा लुटपाट गरेको प्रहरीले जनाएको छ ।
घोराहीतर्फ जाँदै गरेको बा. ३ च ४०७२ नम्वरको कारलाई बिहीबार मध्यराति १२ बजे तोडफोड गरेर लुटेका थिए ।
कारधनी घोराही नगरपालिका–१० बस्ने २६ बर्षीय अरुण केसी सहित ६ जनाको साथमा रहेको नगद १ लाख ५० हजार रुपियाँ र ७ थान मोवाइल सेट समेत लुटपाट भएको छ ।
लुट्ने क्रममा लुटेराहरुले कारमा रहेका ३० बर्षीय अर्जुन श्रेष्ठ र २६ बर्षीय यादवप्रसाद सुनारलाई समेत सामान्य कुटपिट गरेका थिए ।

प्रतिक्रिया