जिम्मेवारीमा रोक

काठमाडौं, २६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यता नपुगेका तीन व्यक्तिलाई भेरी अञ्चल अस्पतालमा एनेस्थेसियोलोजिस्टको जिम्मेवारी दिएको विषयमा सोसाइटी अफ एनेस्थेसियोलोजिस्ट अफ नेपालले (सान) विरोध गरेपछि मन्त्रालयले तीनैजनाको जिम्मेवारीमा रोक लगाएको छ । सहायक एनेस्थेसियोलोजिस्ट पार्वती शर्मा, हरिकला थापा र डिल्ली वलीलाई मन्त्रालयको टोली नै गएर ३ असारमा जिम्मेवारी दिएको थियो ।
बिरामीको शल्यक्रिया गर्नुपूर्व बेहोस बनाउने चिकित्सक एनेस्थेसियोलोजिस्टको काम सहायकले गर्न नसक्ने र विश्वभरमै यस्तो नियम नभएको भन्दै सानले विरोध गरेको थियो । सानका अध्यक्ष डा. मोदनाथ मरहठ्ठाले चिकित्साशास्त्र नियम तथा आचारसंहिताअनुसार एनेस्थेसियोलोजिस्टले मेडिकल काउन्सिलमा दर्ता भएपछि मात्र बिरामी बेहोस बनाउने काम गर्न सक्ने व्यवस्था रहेकामा सरकारले योग्यता नै नपुगेकालाई मेडिकल इथिक्सविपरीत जिम्मेवारी दिएकाले विरोध गरिएको बताए ।

प्रतिक्रिया