रक्तचन्दन तस्करी आरोपमा पक्राउ

कैलाली, १३ असार । रक्तचन्दन तस्करीमा संलग्न रहेको आरोपमा बझाङ प्रहरीले एकलाई नियन्त्रणमा लिएको छ ।
सुबेडाका दिलु बोहरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बोहरा विभिन्न समयमा भारतबाट ल्याइएको रक्तचन्दन बझाङको साइपाल नाका हुँदै तिब्बतसम्म ओसारपसार कार्यमा सक्रिय रहेको प्रहरीको दाबी छ ।
गत चैत महिनामा लुकाइछिपाई चीन लैजान लागेको ३६ क्विन्टल ८० किलोग्राम रक्तचन्दन प्रहरीले रिठापाटाका बारिलछडामा बरामद गरेको थियो । रक्तचन्दनसहित ढुवानीमा संलग्न ७१ भरियालाई पनि नियन्त्रणमा लिइएको थियो । उनीहरूकै बयानका आधारमा प्रहरीले बोहरालाई मोस्टवान्टेड सूचीमा राखेको थियो । चैत महिनादेखि फरार बोहरालाई प्रहरीले शनिबार बेलुका सदरमुकाम चैनपुरबाट नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया