राष्ट्रपतिले प्रधानमन्त्री हटाउन सक्छन्

काठमाडौं, ३ असार । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित काम गर्ने प्रधानमन्त्रीलाई राष्ट्रपतिले हटाउन सक्ने बताएका छन् ।
काठमाडौं आयोजित साक्षत्कारमा यादवले संविधान विपरितकाम गर्ने कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्र प्रमुख र संविधानको संरक्षकको हैसियतले हटाउन सकिने बताए । उनले भने, ‘सरकारले संविधानको उल्लघन गर्दा राष्ट्रपति अगाडि आउन सक्छन ।’
अध्यक्ष यादवले संविधान उल्लघन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्रीकै हैसियतमा काम गर्न नसक्ने बताए ।
उनले राष्ट्रपतिले संविधानको धारा १ सय ५८ बमोजिम अहिलेको बाधा अडकाउन फुकाएर मुलुकलाई निकास दिन अग्रसरता लिनु पर्नेमा सुझाव दिएका छन् ।

प्रतिक्रिया