दर्जन सदस्यहरुले गच्छेदारलाई छाडे

काठमाडौं, २८ जेठ । सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका झण्डै एक दर्जन केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएर पार्टी परित्याग गरेको जनाएका छन् ।
काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले अध्यक्ष गच्छेदारको कार्यशैलीको आलोचना गर्दै पदबाट राजीनामा दिएको जनाएका छन् । लोकतान्त्रिक फोरमका नेता शरतसिंह भण्डारीलाई यस अघिनै गच्छेदारले स्पष्टिकरण सोधिसकेका छन् ।
राजीनामा दिनेमा अधिकांश अध्यक्ष गच्छेदारद्वारा स्पष्टिकरण सोधिएका केन्द्रीय सदस्यहरु छन् । सामूहिक राजीनामा दिएपनि नयाँ दल खोल्ने वा के गर्ने भन्ने विषयमा भने उनीहरुले केही बताएका छैनन् । यद्यपी उनीहरुले बृहत मधेसी मोर्चासँग मिलेर जाने जनाएका छन् ।
उनीहरुले अध्यक्ष गच्छेदार पार्टी नीति र आचरण विपरित एमाओवादीको पुच्छर भएर बारम्बार सत्तामा झुम्मिरहने रोग लागेकाले बाध्य भएर पार्टी छाडेको जनाएका छन् । ‘अध्यक्ष गच्छेदार सत्ताबाट एक छिनपनि बाहिर बस्न सक्दैनन्,’ केन्द्रीय सदस्य प्रमोद गुप्ताले भने, ‘सामूहिक रुपमा पार्टी चलाउने भन्दा पनि निरंकुश शैलीमा काम भयो ।’
सामूहिक राजीनामा दिनेमा केन्द्रीय सदस्यमा शिवजी प्रसाद सोनी, रामनन्द मण्डल, प्रमोद गुप्ता, सेवकीदेवी दास, कौशलकुमार यादव, ओमप्रकाश यादव, अमृता अग्रहरि, अमिरुल्लाह अन्सारी, निलम बर्मा लगायत रहेका छन् । उनीहरुको राजीनामासँगै फोरम लोकतान्त्रिकमा संकट परेको छ ।

 

मिति ०६९।०२।२८
श्रीमान् अध्यक्षज्यू,
मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
सानेपा, काठमाडौं ।

विषयः प्रेस विज्ञप्ति
केही दिनयता पार्टीको सिद्धान्त, नीति र कार्यक्रमबाट पार्टीनेतृत्व र आशिर्वादका भरबाट राजनीति हुइँकाउनेहरुमा गम्भीर विचलन आएको हामीले अनुभूत गरिरहेका छौं । यस्तै विचलन र अविचारित कार्यशैलीबाट सिङ्गो पार्टीपंतिmमा असन्तुष्टि, आक्रोश र विक्षोभ चुलिएको छ । घातक र उपद्रवी काम गरेर पार्टीभित्र विवादलाई गहिरो बनाउने र विग्रहलाई मलजल गर्ने कार्य पार्टीका कुनै पनि इमानदार सिपाहीलाई स्वीकार्य हुन सक्दैन । तसर्थ यिनै विद्वेषलाई बढावा दिने र विखण्डनकारी प्रबृत्तिका विरुद्ध पार्टीभित्रका हामी जिम्मेवार व्यतिmहरु एकढिक्का भएका छौं ।
अध्यक्षज्यू, अलोकतान्त्रिक, निरङ्कुश र अराजक सोच तथा व्यावहारका विरुद्ध एक्यबद्ध हुने र सही अर्थमा लोकतन्त्र तथा मधेशवादका मर्म, आशय र संवेदनशीलताअनुरुप अघि बढ्ने जमर्को गरेर हामीले मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक गठन गरेको यहाँलाई अवश्य पनि सम्झना होला । पार्टी स्थापनाताका तपाईले व्यतm गर्नुएको सैद्धान्तिक प्रतिबद्धता कार्यरुपमा आउन त सकेन, बरु व्यतिmकेन्द्रित र स्वार्थपरक चिन्तनले पराकाष्ठा नै छोयो । जसको प्रतिफल पार्टीभित्र सच्चा व्यतिmत्वहरुविरुद्ध छल,कपट र प्रपञ्च गर्ने तथा मानमर्दन गर्न नितान्त अनैतिक र अशोभनीय बाटो अपनाउने काम भइरहेको छ । पार्टीका बरिष्ठ नेता शरत्सिँह भण्डारीले पार्टी गठन हुने प्रक्रियामा पु¥याउनुभएको अमूल्य योगदानलाई अवमूल्यन गर्नेगरी र एउटा सामयिक, सत्य र लोकतन्त्र तथा मधेशवादलाई अङ्गीकार गर्ने विचारलाई अवसान गर्ने कुरुप खेलको रुपमा पार्टीबाट उहाँलाई अत्यन्त अमर्यादित र मानमर्दन गर्ने शैलीमा स्पष्टीकरण सोध्ने कार्य भएको हामीले ठहर गरेका छौं । पार्टीका बरिष्ठ नेताजस्तो गरिमामय पदमा रहनुभएका श्री भण्डारीका विरुद्ध तपाई जसरी अभद्र र असंयमित तरिकाले प्रस्तुत हुनुभयो , यसले जोरजुलुम गर्ने नेतृत्वको दुराग्रही चरित्र उजागर भएको छ । बरिष्ठ नेता भण्डारीको राजनीतिक धारणा, कार्ययोजना र सांगठनिक क्षमताबाट पार्टीलाई मजबूत बनाउनुको साटो उहाँलाई तेजोबध गरी पार्टीलाई स्वार्थसिद्धिको भ¥याङ्ग बनाउने जुन मनसायबाट तपाई नियन्त्रित हुनुहुन्छ, यसले अन्नतः पार्टीलाई आसपासेहरुको कोठी बनाउने निश्चित छ ।
अध्यक्षज्यू, बरिष्ठ नेता श्री भण्डारीमाथिको षड्यन्त्र कुनै व्यतिmविशेषलाई छायामा पार्ने खेल नभएर पार्टी कार्यकर्ताहरु र सिङ्गो मधेसलाई नै दिग्भ्रमित बनाएर सत्ता, शतिm र सुखसयलमा बाँच्ने राजनीतिक परम्पराको पुनराबृत्ति हो भन्ने कुराको पुष्टि भइसकेको छ । चारबुँदे सहमतिमार्फत् सत्तासीन भएपछि पुरा गर्नुपर्ने महत्वपूर्ण कार्यभारहरुलाई क्रियान्वित गर्ने क्रममा सिन्कोसम्म नभाँचिनु यसको उदाहरण होइन र ? समावेशी विद्येयक, मधेसी आयोगको गठन र सर्वाधिक महत्व बोकेको १० हजारको सँख्यामा मधेसी युवाको नेपाली सेनामा भर्ना आदि जस्ता कार्यहरुप्रति तपाईको अरुचि र निस्क्रियतालाई मधेससँगको बेइमानी किन नभन्ने ? मधेशी युवालाई राज्यसंयन्त्रमा पहुँच, प्रभाव र पकड होस भन्ने दृष्टिले पार्टीका बरिष्ठ नेता र तत्कालिन रक्षामन्त्री शर्तसिँह भण्डारीले सुरु गर्नुभएको पहललाई सर्वोच्च अदालतको निर्णयको आडमा तुहाएर एकजना मधेशी युवालाई पनि नेपाली सेनामा भर्ना नगराउनुलाई सीधा हामीे मधेशघाती कदमको रुपमा लिएका छौं । अधिकारका सहमति गर्ने तर सत्ता नगुमने जोखना हेर्दै एकीकृत नेकपा माओवादीको कामकाजलाई नै पछ्याउने तपाईको प्रबृत्तिले नै संविधानसभाको विगठनपछि माओवादीको सर्वसत्तावादलाई भरथेग गरेको बुझ्न कठिन छैन् । सम्झिनुस, हिजो हामी एकीकृत नेकपा माओवादीको पुच्छर बनेको भन्दै उपेन्द्र यादवनेतृत्वको मजफो नेपालबाट हामी अल्लिगएका थियौं । तर आज त हामी माओवादीको आङगमा रमाइरहेका छौं ।
यस्तो परिस्थिति, प्रबृत्ति र अनिष्टकारी कार्यशैलीलाई स्वीकार गरेर पार्टीमा रहिरहँदा हामीहरु कुन्ठित मात्र हुँदैनौ , तपाईको दोषलाई सधैँभरि बाँडनुपर्ने निरीह पात्र बन्ने छौं । त्यसैले मधेसवाद र लोकतन्त्रका हामी सच्चा सिपाहीहरु मधेसी जनताको हामीप्रतिको असीम विश्वासलाई कुठाराघात नहोस भनी सामूहिक राजिनामा दिएका छौं ।
१) प्रमोदप्रसाद गुप्ता, केन्द्रिय सदस्य
२) ओमप्रकाश यादव, केन्द्रिय सदस्य
३) कौशलकिशोर यादव, केन्द्रिय सदस्य
४) निलम बर्मा, केन्द्रिय सदस्य
५) रामानन्द मण्डल, केन्द्रिय सदस्य
६) सेवकी देबी दासतत्मा , केन्द्रिय सदस्य
७) अमिरुल्लाह अन्सारी, केन्द्रिय सदस्य तथा अध्यक्ष, मुस्लिम विभाग, मजफो लोकतान्त्रिक
८) पारस साह, केन्द्रिय सदस्य
९) अमृता अग्रहरी, केन्द्रिय सदस्य

प्रतिक्रिया