विद्यालयमा रकम हिनामिना भएको आरोप

जनकपुर, ११ जेठ । सिन्धुली महादेवस्थान २ सुनखानीस्थित भुवनेश्वरी प्रस्तावित निमाविका अभिभावकले विद्यालयमा अनियमितता भएको भन्दै अख्तियारमा रिट हालेका छन् ।

प्रधानाध्यापक बाबुलाल स्याङ्तानले शिक्षा कार्यालयका कर्मचारीको मिलेमतोमा शौचालय निर्माण र भवन मर्मत शीर्षकको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि रिट दायर गरेका हुन् । शौचालय निर्माण गर्न र भवन बनाउन निकासा भएको चार लाख रुपियाँ प्राप्त भए पनि कामै नगरी नक्कली कागजात पेस गरेर रकम हिनामिना गरेको अभिभावकको आरोप छ ।

प्रतिक्रिया