‘पत्रकारमाथि भएका हमलाको विरोध’

काठमाडौं, ७ जेठ । विभिन्न पत्रकार सम्बद्ध संघ/संगठनले आदिवासी संयूक्त संघर्ष समितिको बन्दका क्रममा विभिन्न सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
जनसंचार अभियानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहालले रिपोर्टिङमा गएका पत्रकारमाथि आक्रमण भएको घटनाको विरोध गरे । उनले पत्रकार माथिको आक्रमण तत्काल बन्द गर्न सरोकारवालालाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले पत्रकारमाथि सुनियोजित रुपमा हमला भएकोमा विरोध गर्दै त्यसलाई तत्काल रोक्न माग गरे । उनले पत्रकार माथिको आक्रमण नरोकिए आदिवासीहरुको आन्दोलनलाई नै घाटा हुने चेतावनी दिए ।
नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखेरलले सञ्चारकर्मीले आन्दोलनकारीको माग सरकार समक्ष पुराउन सञ्चारमाध्यम माथि हमला भएको भन्दै यसले आन्दोलनकारी नै कमजोर हुने बताए ।
प्रेस चौतारीका उपाध्यक्ष राजेन्द्र अर्यालले संचारकर्मीमाथिको श्रंखलाबद्ध हमलाले गम्भीर स्थिती निम्याएको बताए ।

प्रतिक्रिया