‘सभासद्को थाप्लोमा किन’

काठमाडौं : कांग्रेस युवा नेता गगन थापाले १९ दिन बाँकी रहँदा नयाँ संविधान बनाउने जिम्मेवारी प्रमुख दलका शीर्ष नेताहरुले ६ सय एक सभासद्को थाप्लोमा हालिदिएको भन्दै आपत्ति जनाएका छन् । १४ जेठमा संविधान जारी नहुने भए कांग्रेसले सरकार छाड्ने दाबी गर्दै बिहीबार भएको कार्यक्रममा सभासद्समेत रहेका थापाले भने, ‘कांग्रेस सरकारमा आयो, अब संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थपिन्छ भनेर सहमतिको नाजायज फाइदा उठाए त्यसको विरोध गरिन्छ ।’
एकीकृत माओवादी सभासद् हितमान शाक्यले पनि जातीय आधारमा राज्य पुन:संरचना भए जातीय द्वन्द्व निम्तिने दाबी गरे । राज्य पुन:संरचना आयोगले सुझाएको १० प्रदेश र संविधानसभाको समितिले दिएको १४ प्रदेशका बीचमा समाधान खोज्न सकिने उनको भनाइ थियो । एमाले सभासद् रवीन्द्र अधिकारीले जातीय आधारमा संघीयता घोषणा गर्दा मुलुक विखण्डनमा जाने बताए ।(सौस)

प्रतिक्रिया