पहुचविना आयोजना बन्न सक्दैननः मन्त्री बोगटी

काठमाडौ, २२ वैशाख । उर्जा मन्त्रीबाट राजीनामा दिएका पोष्टबहादुर बोगटीले जलविद्युत क्षेत्रमा राजनीतिक हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको २२ औ बार्षिक उत्सवमा आज राजधानीमा उनले मन्त्रालय र मन्त्रालय अन्तर्गतका अन्य निकायवीच तालमेलका लागि पनि हस्तक्षेप आवश्यक रहेको बताए ।
‘कुनै पार्टी वा व्यक्तिको हस्तक्षेप भन्दा पनि मन्त्रालयका नेतृत्वबाट कार्यक्रम अगाडि बढाउन हस्तक्षेप आवश्यक छ’, उनले भने, ‘आयोजना सिधा मन्त्रालयको पहु“चविना बन्न सक्दैनन् ।’
उनले धेरै आयोजनामा मन्त्रालय र प्राधिकरणबीच समन्वय हुन नसकेको कारणले कतिपय नीति र आयोजना अगाडी बढाउनका लागि हस्तक्षेप गर्नुपरेको दाबी गरे ।
बदलिएको परिस्थितीमा प्राधिकरणका कर्मचारीले आफ्नो कार्यशैली र गतिशिलतामा परिवर्तन गर्नुपर्ने उनको भनाई छ । ‘आयोजनाका हरेक ठेक्कामा मुद्धा, हरेक आयोजनामा ढिलाई र भेरियसन गर्नुपर्ने अवस्थाबारेमा गम्भीर भएर सोच्नुपर्छ’, उनले भने ।
कार्यक्रममा प्राधिकरणका कर्मचारी, युनियन, मन्त्री र सञ्चालकहरुले ठाडो राजनीतिक हस्तक्षेपमा गलत कार्य गरेको भन्दै गुनासो पोखेका थिए ।
उर्जा सचिव एवं नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हरिराम कोइरालाले कर्मचारीहरुकै प्रवद्र्धनमा जलविद्युत निर्माण गर्न आग्रह गर्दै विद्युत चुहावट नियन्त्रणका लागि निर्भिक भएर सक्रिय हुन सुझाव दिएका छन् ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम विसीले विद्युत प्राधिकरणलाई अगाडी बढाउन कर्मचारीको त्याग र अनुशासनको आवश्यकता रहेको बताए ।
प्रँधिकरण कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमाल, कर्मचारी संघका महासचिव शंकर बाराकोटी, संगठनका अध्यक्ष दुर्गा ढकाल, प्राधिकरण परिषदका अध्यक्ष अमृतबहादुर खापुङ लगायतले प्राधिकरण भित्रको अवस्थाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया