अझै पाठ्यपुस्तक अभाव

चितवन, १८ वैशाख । शैक्षिक सत्र सुरु भएको दुई साता बित्दा समेत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
सामुदायिक र निजी विद्यालयमा प्रयोग हुने अनिवार्य विषयका पुस्तक अभाव भएको छ । माध्यमिक तहका सामाजिक र गणित विषयका पुस्तक बढी अभाव देखिएको छ । साना कक्षामा अनिवार्य अंग्रेजी र नेपाली विषयका पुस्तक अभाव भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको हो । नेपाल उच्च मावि, टाँडीका प्रधानाध्यापक गोपाल शर्मा आचार्यले पाठ्यपुस्तक नहुँदा कक्षा अगाडि बढाउन समस्या परेको बताए ।
पुस्तक अभाव हुँदा पढ्ने विद्यार्थी र पढाउने शिक्षकले मात्र हैन पुस्तक बिक्री गर्ने बिक्रेताले पनि दु:ख पाएका छन् । ९ वैशाखमा साझा प्रकाशनको क्षेत्रीय कार्यालयमा पैसा बुझाएर बिल लिएका पश्चिम चितवनको पहिटानीका हरिकृष्ण तिमिल्सिना साझा प्रकाशनमा धाइरहेका छन् । ‘पैसा बुझाएको बिल धुजाधुजा भइसक्यो,’ उनले भने, ‘तर पुस्तक हात पर्ने ठेगान छैन ।

प्रतिक्रिया