मेरो देश खोज्दा…

मेरो देश खोज्दै जादा देश मैले देखे
जनता नै देश रै’छ देश मैले भेटे ।
यो गीतको मुखडा हो । विद्यार्थी राजनीतिमा छदा म यो गीत खुब गाउने गथे । त्यसैले अहिलेसम्म मलाई यो गीतको अन्तरा पनि कण्ठस्थ छ । मात्र दुई हरफको मुखडा नै यति बेजोड र कालजयी छ कि यसले दुनिया र नेपाली राष्ट्रियताको पनि परिभाषा गरेको छ । यतिखेर नेपाली राष्ट्रियताको पहिचान खुट्याउन नसकेर शान्ति र संविधान निष्कर्षमा पुगेको छैन । नेपाली राष्ट्रियताको पहिचान हुन नसकेर नया नेपाल निर्माणको जग बस्न सकेको होइन । नेपाली राष्ट्रियताको पहिचान ठीक ढंगले गर्न नसक्दा राज्य पुनर्संरचनाको ठेली दराजमा बन्द छ । राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाडफाड समितिले प्रस्तुत गरेको प्रतिवेदनले पनि नेपाली राष्ट्रियताको पहिचान ठीक ढंगले गरेन । राज्य पुनर्संरचना उच्चस्तरीय सुझाब आयोगले त झनै भताभुङ्ग लथालिङ्ग बनाइदियो । एउटै आयोगले पुनर्संरचनाको दुइटा दस्तावेज निकाल्यो । दुनियामा नभएको ‘हाडी जात्रा’ यही देखियो । सोभियत संघका संस्थापक नेता लेनिनले भन्ने गर्थे ‘दसचोटि नाप एकचोटी काट ।’ तर, समितिले नाप्दै ननापी काट्यो । आयोगले त्यहीमाथि काटकुट गरेर शरीरमा लाउनै नमिल्ने भोटो बनायो ।
यतिखेर फेरि राष्ट्रियताको बौद्धिक विमर्शमा हामी छौ । तारे होटलमा केही बौद्धिक व्यक्ति जम्मा गरेर नेपाली राष्ट्रियताको खोजी गरिरहेका छौ । राष्ट्रियता राजनीतिक दर्शनले निर्देशित गरेको हुन्छ । आन्दोलनले अनुमोदन गर्छ । र, समाजको आवश्यकताले निर्धारण गर्छ । समाज विकासको नियमअनुसार निरन्तर परिमार्जित, परिस्कृत हुने विषयको नाम हो राष्ट्रियता । समाज जस्तो छ, राष्ट्रियताको रूपरेखा पनि त्यस्तै हुन्छ ।
राष्ट्र र राज्य यी दुई शब्दलाई एउटै डालोमा हालेर गोलमाल गर्ने विषय पनि होइन । राष्ट्रले राज्य बनाउने हो । राज्यले होइन । राष्ट्र आत्मपरक हुन्छ । राज्य वस्तुपरक हुन्छ । राष्ट्र अमर हुन्छ तर राज्य अमर हुन्न । अझ माक्र्सवादले राज्यको जन्मलाई वर्गीय असंगतिको उपज मान्छ । राज्य अन्तरिम हुन्छ । गैरमाक्र्सवादी दर्शनले पनि राज्यलाई सुसंगठित सार्वभौम एकाइ मात्र मान्छ । सम्पत्तिकै कारण राज्यको उत्पत्ति भएको हो भन्ने गैरमाक्र्सवादी दर्शनको पनि मान्यता हो । दुवै दर्शनको मान्यता करिब उस्तै छ । यसरी नै राष्ट्रका सन्दर्भमा पनि दुवै दर्शन नजिक छन् । राष्ट्र परिवर्तनीय हुन्छ तर अमर हुन्छ भन्ने मान्यता दुवै दर्शनको हो । केवल अर्थ–राजनीतिक दृष्टिकोण मिल्दैन । यो मेसोमा नेपाल राष्ट्रको परिभाषा गर्‍यो भने नेपाली राष्ट्रियताको समग्र परिभाषा भेटिन्छ । परिभाषा खोज्न काशी, गोर्खा कही  गइरहनु पनि पर्दैन ।
नेपाली राष्ट्रियताको खोजीकै सन्दर्भमा यो पंक्तिकारलाई पनि राजधानीको बौद्धिक जमघटमा निम्तो थियो । हामीजस्ता मोफसलियाका लागि यस्ता कार्यक्रम पशुपतिको जात्रा सिद्राको व्यापार हुने गर्छ । निम्तो छाड्ने कुरो पनि थिएन । राजधानीमा बस्ने स्वनामधन्य बुद्धिजीवीले कस्तो राष्ट्रियता पस्केर देलान् भन्ने लोभ, जिज्ञासा हुनु स्वाभाविक भएकाले र अलिकति आनासुकी पनि हात पर्ने भएकाले निम्तो सहर्ष स्वीकार गरे“ । कार्यक्रममा नेपाली राष्ट्रियताको परिभाषा गरेका थिए, राजनीतिक विश्लेषक सिके लालले । ‘नेपालीय हुनलाई…’ उनको सोधपत्र थियो, सोचपत्रको नाममा । प्रमुख राजनीतिक दलका नेता, गन्यमान्य ब्रोइलर बुद्धिजीवी, महिला तथा सज्जनवृन्द, नागरिक समाजका पदेन सदस्य, अधिकारकर्मी, राजधानीवासी, मोफसलियाको प्रतिनिधिमूलक सहभागिता थियो । साच्चै नेपाली राष्ट्रियताको छिनोफानो परिभाषा निकाल्लान् जस्तो । तर, त्यसको ठीक उल्टो अधिकांश सहभागीले आङ्खनै मनोगत धारणा राखेर राष्ट्रियताजस्तो गहन विषयलाई हल्का बनाइदिए । नेपालभरि छरिएको विविध राष्ट्रियता समग्र एक राष्ट्रियतामा जोड्ने सूत्रको सोचमा सहभागीको सन्तुलन थिएन । क्षेत्रगत, जातगत, थरगत, समुदायगत र यहासम्म कि व्यक्तिगत हितलाई समेत राष्ट्रियताको परिभाषामा पार्नुपर्ने मनोगत धारणाले पूरै बहसमा घर गरेको थियो । प्रा. कृष्ण खनाल, खगेन्द्र संग्रौला, प्रत्युष वन्तले कार्यक्रमको विषयगत पादटिप्पणी गरे पनि त्यसको असर बौद्धिक विमर्शमा परिरहेको थिएन । आयोजक मार्टिन चौतारीको नेपाली राष्ट्रियता परिभाषित गर्ने लम्बेचौडे बहसको सार्थकता कताकता अल्मलिएको महसुस गरेर भारी मन बिदा हुनुपर्‍यो ।
वास्तवमा नेपाली राष्ट्रियताको सन्दर्भ बेलाबखत उठेकै विषय हो । नेपाली राष्ट्रियताको हिसाबकिताब मिलान नभएकाले नेपाल राज्यका रूपमा सुसंगठित सार्वभौम एकाइका रूपमा संस्थागत हुन सकेको छैन । नेपालको यो स्वरूप बन्दादेखि नै नेपाली राष्ट्रियताको सार्थक परिभाषा स्थापित भएन । पृथ्वीनारायण शाहले बाइसी, चौबिसी राज्यलाई गोर्खा राज्यमा सामेल गराउदादेखिकै यो समस्या हो । उनले पनि नेपाली राष्ट्रियतालाई ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’को नारामा ‘असिल हिन्दुस्थाना’ बलात् बनाउने राष्ट्रियता स्थापित गर्न खोजे । नेपाली राष्ट्रियताको यो परिभाषा एकल जातीय, एकल सांस्कृतिक राष्ट्रियता थियो । अतः यो परिभाषा समग्र नेपाली राष्ट्रियतालाई प्रतिनिधित्व गर्ने खालको थिएन ।
यसर्थ अबको नेपाली राष्ट्रियता भनेको हिजोको राष्ट्रियताको पुनस्र्थापना होइन । यसको पहिलो सांकेतिक परिभाषा बाह्रबुदे समझदारीले गरेको छ । बाह्रबु“दे समझदारीको प्रस्तावनामै ‘वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय समस्याको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्न अपरिहार्य आवश्यकता छ’ यस्तो उल्लेख छ । नेपाली राष्ट्रियताको परिभाषाका लागि यो अर्थपूर्ण पदावली हो । अझ ०६३ सालको अन्तरिम संविधानको भाग १ धारा ३ मा नेपाल राष्ट्रको परिभाषा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त…’ भनेर प्रस्टै गरिएको छ । अतः राष्ट्रको परिभाषा जसरी गरिन्छ राष्ट्रियताको परिभाषामा पनि त्यै विषय प्रतिविम्बित हुनुपर्छ ।
रहलपहलः नेपाली राष्ट्रियताको चुरो नेपालको एकीकरण भएको हो कि गोर्खा राज्य विस्तार मात्र भएको कुरासग पनि सम्बन्धित छ । तर, नेपालका मुख्य राजनीतिक दलहरूको यस सम्बन्धमा स्पष्ट धारणा छैन । यसर्थ, नेपाली राष्ट्रियताको परिभाषा गोलचक्करमा फसेको छ । तर पनि कुन संयोगले हो अन्तरिम संविधानमा राष्ट्रको परिभाषा वैज्ञानिक ढंगले हुन पुगेको छ । त्यही आधारमा नेपाली राष्ट्रियतालाई दलहरूले सम्बोधन गर्ने इच्छाशक्ति देखाए भने नेपाली राष्ट्रियताले पूर्णता पाउन सक्छ तर मुख्य दलहरूमा यही समस्या छ । यसर्थ कुनै निर्दिष्ट सिद्धान्त बेगरको राष्ट्रियताको छलफल बासघारीमा रूपी कराएजस्तो कर्कस स्वर मात्र हुनु अनौठो होइन । र, यस्ता विषय बुद्धिविलास मात्र हुने गर्छन् । अन्त्यमा सबैलाई माथिको गीतलाई हेक्का राखिदिनुहुन अनुरोध गर्दै त्यो गीतको अन्तरा यहा प्रस्तुत गर्दछु ।
घर कुरी नानी हेर्ने बुढी बोजुलाई
मेलापात दाउरा घास गर्ने जहानलाई
माया गर्नु देशको माया भन्छु आजदेखि
देशकै अर्थ सुनाउछु देशकै कथा लेखी ।

प्रतिक्रिया