तेन्दुलकरले मुम्बईको कप्तानी छाडे

नयाँदिल्ली :सचिन तेन्दुलकरले भारतीय क्रिकेट क्लब मुम्बई इन्डियन्सको कप्तानबाट राजीनामा दिएका छन् । पाँचांै इन्डियन पि्रयिमर लिग -आइपिएल) क्रिकेटको पूर्वसन्ध्यामा ‘ब्रेक’का लागि भन्दै तेन्दुकलरले सो पद छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तेन्दुलकरले छाडेलगत्तै उक्त मुम्बई टोलीको कप्तानमा  भारतीय स्पिनर हरभजन सिंहलाई नियुक्त गरिएको छ । यसअघि उपकप्तान रहेका हरभजनले तेन्दुलकरको अनुपस्थितिमा मुम्बईको कप्तानी गरिसकेका छन् । सन् २००८ मा इन्डियन पि्रमियर लिग -आइपिएल) सुरु भएयता सचिन मुम्बईको कप्तान थिए । आइपिएलको दुई वर्षअघि सम्पन्न तेस्रो संस्करणमा मुम्बई फाइनलसम्म पुगेको थियो । सचिनको विकल्पमा हरजभनलाई हेरिूदै आएको थियो यद्यपि हरभजन चोटका कारण लामो समयदेखि राष्ट्रिय टिमबाट खेल्न सकेका छैनन् ।

प्रतिक्रिया