तीन प्रदेश मात्रै बनाउनु पर्छः अध्यक्ष गिरी

वीरगन्ज, १६ वैशाख । नेपाल सदभावना पार्टी आनन्दी देवीकी अध्यक्ष सरिता गिरीले नेपालका लागि तीन प्रदेश मात्रै उपयुक्त हुने दाबी गरेकी छन् ।
रिपोटर्स क्लब नेपाल पर्सा शाखाले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले हिमाल, पहाड र तराई गरि तीन वटा मात्र प्रदेश बनाउनु पर्ने बताइन् ।
उनले धेरै प्रदेश मुलुकले धान्न सक्ने अवस्था नरहेको भन्दै एकीकृत माओवादीले अघि सारेका १० प्रदेशको प्रस्ताव आफनो पार्टीलाइ अमान्य रहेको बताइन् ।
कांग्रेस र एमालेको ७ प्रदेशको प्रस्तावपनि मुलुकका लागि उपयुक्त नरहेको उनको टिप्पणी छ ।
अध्यक्ष गिरीले संविधानसभा अहिले ठूला तीन दलको कब्जामा रहेको आरोप लगाउदै नागरिकको अपेक्षा विपरित आफूखुशी संविधान बनाउने षडयन्त्रमा उनीहरु लागेको आरोप लगाइन् ।

प्रतिक्रिया