राष्ट्रिय सहमतिको सरकार अनिवार्य छः खनाल

काठमाडौं, २ वैशाख । एमाले अध्यक्ष  झलनाथ खनालले निर्धारित समयमै नयाँ संबिधान ल्याउन राष्ट्रिय सहमतिको सरकार निर्माण अनिवार्य भएको बताएका छन् ।

मुगु जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिसंग आज भएको टेलिफोन बार्ताका क्रममा खनालले मुलुकमा राष्ट्रिय सहमतिको सरकार अनिर्वाय भएको बताएका हुन् ।
खनालले सात बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गरी सहमतीय सरकार बनाउनु पर्ने उल्लेख गरेको उनको निजी सचिवालयले जनाएको छ ।

सात बुँदे सहमतिमा शान्ति र संधिवानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने उल्लेख छ ।

शान्ति र संविधानका बिवादित बिषयमा सहमति जुटाउनपनि राष्ट्रिय सहमति आवश्यक रहेको खनालको भनाई छ ।

प्रमुख दलका शीर्ष नेता र संविधानसभा अध्यक्षसंग छलफल गरेर संविधान निर्माणमा केन्द्रित हुन पहल गरेको समेत खनालले बताएका छन् ।

खनालले कर्णाली लामो समयदेखि उत्पीडनमा परेको भन्दै कर्णालीवासिका अधिकार सम्बोधन गर्न आफूले पहल गर्ने आश्वासन समेत दिएका छन् ।

प्रतिक्रिया