क्रिकेटमा विराटनगर विजयी

विराटनगर, ९ चैत । मारवाडी टवान्टी टवान्टी क्रिक्रेट प्रतियोगिता अन्तर्गत विहिवार विराटनगरमा भएको खेलमा धरानलाई ७ विकेटले पराजित गर्दै विराटनगर (एक) विजयी भएको छ ।

टस जितेर ब्याटिङ गरेको धरानले १९ दशमलव १ ओभरमा अल अउट हुँदै ९६ रन बनाएको थियो । खेलको ५ ओभर भित्र ५ विकेट गुमाएपनि विशाल अग्रवालले ३१ रन बनाएर धरान सम्मान जनक योगफल बनाउन सफल भएको थियो ।

विरानगरका लागि चार बलरहरु पूर्व अन्तर्राष्ट्रिय खेलाडी पारस लुनिया, मनिष कोठारी, गौरव सेठिया, अरिहन्त बैद्यले समान २, २ विकेट लिएका थिए ।

९७ रन पछ्याएको विराटनगरले १५ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै विजयी लक्ष्य हासिल गरेको थियो ।

विराटनगरको सररुवातपनि राम्रो हुन सकेन । सुरुमै ३ विकेट गुमाएपनि म्यान अफ द म्याच विराटनगरले जितेको छ ।

प्रतिक्रिया