प्रधानमन्त्रीलाई कालो झण्डा

काठमाडौं, २९ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै नेपाल विद्यार्थी संघले आज प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखिएको छ ।
कीर्तिपुरमा आज आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री भट्टराईलाई नेविसंघ केन्द्रीय सदस्य रञ्जित कर्ण नेतृत्वमा रहेका विद्यार्थीले कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा प्रधानमन्त्री बिरुद्ध चर्का नारावाजी समेत गरेका थिए । स्ववियु निर्वाचनको मिति छिटो घोषणा नगरे थप आनदोलन गर्ने चेतावनी दिएका छन् ।
कालो भण्डा सहित प्रधानमन्त्री भट्टराईको बिरोध गरिसकेपछि आयोजित कोण सभामा केन्द्रीय सदस्य रञ्जित कर्णले स्ववियु निर्वाचनको मिति तोक्न माग गरे । उनले मिति तोक्न दबाव दिन तीन दिनसम्म प्रधानमन्त्रीलाई कालो झण्डादेखाई बिरोध जनाउने बताए ।

प्रतिक्रिया