गच्छेदारलाई आफ्नै कार्यकर्ताको कालो झण्डा

जनकपुर, २८ फाल्गुन । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छेदारलाई आफ्नै पार्टी फोरम लोकतान्त्रिक सम्वद्ध विद्यार्थी संगठनका कार्यकर्ताले आज जनकपुरमा कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका छन् ।
मुस्लिम सम्वद्ध अल नेपाल सुन्नी दावते ईस्लामिक संघको एक कार्यक्रममा सहभागी हुन जनकपुर आईपुगेका मन्त्री गच्छेदारलाई आफ्नै पार्टी सम्वद्ध विद्यार्थीले कालो झण्डा देखाएका हुन् । कालो झण्डादेखाउने क्रममा गच्छेदार बिरुद्ध नारावाजी समेत भएको छ ।
विद्यार्थी संगठनका कार्यकर्ताले मन्त्री गच्छेदारले मधेशी विरोधी कार्य गरेको आरोप लगाएका छन् । उनीहरुले जनकपुरको विश्वकर्मा चोकमा कालो झण्डा देखाएका थिए ।
लोकतान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य रञ्जित झाको नेतृत्वमा निस्केका विद्यार्थीले मन्त्री गच्छेदारको विश्वकर्मा चौकमा बाटो अवरुद्ध समेत गरेका थिए ।

प्रतिक्रिया