भारतका “पर्खाल”ले लिए सन्न्यास


बङ्गलोर, २६ फागुन । क्रिजमा कुनै बलियो पर्खालझैं अडिने ‘द वाल’ नामले परिचित राहुल द्रविडले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले खेल त्याग्दा दुःख लागे पनि नयां पुस्ताका लागि बाटो खुल्ला गर्ने यो उपयुक्त समय भएको बताएका छन् । साथै, उनले आˆनो खेल जीवनप्रति गौरवान्वित भएको पनि बताएका छन् ।
भारतीय क्रिकेट बोर्डका प्रमुख एन श्रीनिभासन र कर्नाटक क्रिकेट बोर्डका प्रमुख अनिल कुम्बलेको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा द्रविडले सन्न्यासको घोषणा गरेका हुन् । द्रविडले भारतको प्रतिनिधित्व गर्दै १६ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेले भने त्यस अगाबैै पााच वर्ष पहिलो श्रेणीको क्रिकेट खेलेका थिए । ‘यो कठिन निर्णय भए पनि मेरो अन्तरआत्माले यही समयलाई उपयुक्त ठहर्‍यायो,’ उनले भने ।
राहुल द्रविडले एक सिरिजलाई मात्र आधार मानेर सन्न्यास लिएको नभई धेरै कुरा सोचेर निर्णय लिएको बताए । भिभिएस लक्ष्मण, सचिन तेन्दुलकर र उनको खेल भविष्यका बारे थुप्रै बहस चलिरहेको समयमा उनले यो निर्णय लिएका हुन् । यस वर्ष अस्ट्रेलिया टुरमा उनले खराब प्रदर्शन गरे पनि सन् २०११ मा उनी सानदार र्फममा थिए । उनले इंग्ल्यान्ड भ्रमण क्रममा त्यो वर्ष पााच शतक प्रहार गरेका थिए । राष्ट्रिय टोलीका लागि नखेले पनि उनी राजस्थानको आइपिएल टोलीका कप्तान चयन भइसकेका छन् ।
सन् १९९५मा लर्ड्सबाट टेस्ट डेब्यु गरेका द्रविडले पहिलो इनिङमै ९५ रन जाडेका थिए । १ सय ६४ खेलमा १३ हजार २ सय ८८ रन जोड्दै उनी सचिन तेन्दुलकरपछि सर्वाधिक टेस्ट रन बनाउने खेलाडी बनेका थिए । ५२.३१ को औसतमा रन प्रहार गरेका द्रविडले ३६ शतक प्रहार गरेका छन् । सन् २००८ मै एक दिवसीय जीवनको अन्त्य गरेका द्रविडले १२ सतक सहित १० हजार भन्दा बढी रन बनाएका थिए । उनले टेस्ट २ सय १० क्याच लिए जुन आफैामा कीर्तिमान हो भने एक दिवसीयमा १ सय ९६ क्याच लिए । आवश्यक समयमा विकेट जोगाउन सक्ने खुबी भएका द्रविडको नेतृत्वमा भारत १९९३ को विश्वकपको उपविजेता बनेको थियो । फिटनेसकै कराण उनले डेब्युदेखि १९९५ को डिसेम्बरसम्म लगातार ९३ टेस्ट खेलेका थिए ।
दक्षिण अपि|mका बलियो
डुनेडिनः कप्तान गि्रम स्मिथ र ज्याक कालिसले सतकीय इनिङ खेलेपछि न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भ्रमणकारी दक्षिण अपि|mका बलियो बनेको छ । पहिलो इनिङमा ३५ रनले पछि परेको दक्षिण अपि|mकाले दोस्रो इनिङमा शुक्रबार तेस्रो दिनको खेल सकिादा तीन विकेटको क्षतिमा २ सय ६८ रन जोडेको छ ।
४७ रनमा दुई विकेट गुमाएको दक्षिण अपि|mकाका स्मिथ र कालिसले तेस्रो विकेटका लागि दुई सय रनको साझेदारी गरे । स्मिथ १ सय १५ रन जोडेपछि ब्रेसवेलको बलमा बोल्ड भए भने अझै कालिस १ सय सात रनमा खेलिरहेका छन् । न्युजिल्यान्डका तर्फबाट तीनवटै विकेट ब्रेसवेलले लिएका हुन् ।

प्रतिक्रिया