महासचिव मुन नेपाल आउने

काठमाडौं २६ फागन । लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन बैशाखको दोस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् ।
उनी बैशाख १६ गते नेपाल आउने कार्यक्रम तय भएको छ । बैशाख १७ गतेवाट गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन मुन आउन लागेको जनाईएको छ ।
बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा आज काठमाडौंमा बसेको बैठकले महासचिव मुन नेपाल आउन लागेको जनाकारी गराईएको थियो । मुनको भ्रमणको तयारीका विषयमा समेत समितिमा छलफल भएको छ ।

प्रतिक्रिया