राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माण अधुरै

कैलाली, ६ फागुन । आगामी सातादेखि सुदूरपश्चिममा हुने छैटौा राष्ट्रिय खेलकुदका लागि धनगढीमा भइरहेको भौतिक पूर्वाधारको निर्माण अझै सकिएको छैन ।
यही फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुने सो खेलकुदका लागि गत १५ माघमै भौतिक पूर्वाधार निर्माणको काम गरिसक्ने सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा लिएका ठेकेदारहरूको ढिलासुस्तीका कारण पूर्वाधार निर्माणमा ढिलाइ भएको हो ।
प्रतियोगिता सुरु हुन एक साता मात्र बाकी रहादा पनि पूर्वाधारको निर्माण नसकिादा स्थानीय खेलाडी तथा खेलप्रेमीमा निराशा छाएको छ ।
यद्यपि, हालै आˆनो निरीक्षण भ्रमणका क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले पूर्वाधार निर्माणलगायत अन्य काम लगभग अन्तिम चरणमा पुगेकाले निर्धारित समयमै राष्ट्रिय खेलकुद कार्यक्रम हुने बताएका थिए । सदस्य-सचिव लामाले भौतिक पूर्वाधार निर्माणको काम तीव्र रूपमा भइरहेको र सोमबारसम्म सबै काम पूरा हुने दाबी गरेका थिए ।
निर्माणको जिम्मा लिएको दिवा निर्माण सेवा कम्पनीका प्रबन्ध-निर्देशक उत्तम बस्नेत भन्छन्, ‘छैटौा राष्ट्रिय खेलकुदका लागि धनगढी रङ्गशालामा ट्रयाक रुट, फुटबल मैदान, हाइजम्प मैदान, भिआइपी र सर्वसाधारण बस्ने प्यारापिट, रङ्गशालाको घेराबार तथा रङ्गशाला प्रवेश गर्ने दुईवटा प्रवेशद्वारको निर्माण लगभग समाप्त भइसकेको छ । उनले हाललाई भिआइपी र सर्वसाधारण बस्ने प्याराफिटलाई खेलकुद कार्यक्रम सञ्चालन गर्न मिल्नेसम्म बनाएको बताउादै बााकी रहेको निर्माण र फिनिसिङको काम खेलकुद कार्यक्रम सकिएपछि गरिने पनि बताए ।
प्रतियोगितामा देशभरबाट करिब तीन हजार पााच सय खेलाडी र प्रशिक्षक सहभागी हुने आयोजक समितिले जानकारी दिएको छ । उनीहरूको बसोवास तथा खानपिनका लागि नवीन जोशीको संयोजकत्वमा १४ सदस्यीय उपसमिति गठन गरिएको छ ।
त्यसैगरी, नरनारायण शाह मनुको संयोजकत्वमा समारोह व्यवस्थापन, टेकराज जोशीको संयोजकत्वमा यातायात व्यवस्थापन र कल्पना गैरेको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति गठन गरिएको छैटााै राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी समिति सचिवालयका संयोजक दीपक सावदले बताएका छन् ।
छैटौा राष्ट्रिय खेलकुद कैलालीमा उद्घाटन र कञ्चनपुरमा समापन हुनेछ ।
पत्रकारद्वारा समितिमा बस्न अस्वीकार
यसैबीच, ‘छैटौा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकले वास्तविक सूचना पत्रकारहरूलाई उपलब्ध नगराएको र ‘पत्रकारहरूलाई आपसमा लडाउन खोजेको’ भन्दै प्रतियोगिताको प्रेस समन्वय समितिमा नबस्ने प्रतियोगिता प्रेस उपसमिति पदाधिकारीहरूले बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम संयोजक कर्ण शाह, सहसंयोजक दिलबहादुर छत्याल र कैलाली शाखा अध्यक्ष भरत शाह उक्त समितिमा रहेका थिए । तीनैजनाले शुक्रबार एक संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी छैटौा खेलकुदको प्रेस समन्वय समितिमा नरहेको बताएका हुन् ।

प्रतिक्रिया