पौडीमा एकैजनलाई तीन स्वर्ण

बीरगन्ज, १४ फागुन । छैठौं राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत वीरगन्जमा आइतबार भएको राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिनमा मध्यमान्चलका शैलेश राणा एक्लैले ३ स्वर्ण र १ रजत गरी  ४ पदक हात पारेका छन् ।
राणले पुरुष तर्फको २ सय मिटर ब्रेस्टस्टोक, २ सय मिटर ब्याक स्टोक र १ सय मिटर बटरफलाइ प्रतिस्पर्धामा स्वर्णपदक जितेका हुन । त्यस्तै उनले ४ सय मिटर फ्रि स्टाइलमा रजत पदक समेत जितेका हुन ।
महिला तर्फ आइतबार भएको चार प्रतिस्पर्धामा मध्यमान्चलकै श्रेया धिताल एक्लैले दुइ स्वर्ण र एक रजत पदक जितेक हता पारेकी छन । श्रेयाले १ सय मिटर बटरफलाइ र २ सय मिटर ब्याक स्टोकमा स्वर्ण पदक जितेकी हुन । उनले २ सय मिटर फ्रिस्टाइलमा पनि रजत पदक जितेकी हुन ।
पुरुष तर्फको ४ सय मिटर फ्रिस्टाइलमा मध्यमान्चल कै सिरिष गुरुंङले स्वर्ण पदक जित्न सफल भएका छन । उनले १ सय मिटर बटर फलाइ र २ सय मिटर ब्याक स्टोकमा रजत पदक पनि जितेका छन ।  २ सय मिटर ब्रेस्टस्टोकमा पनि उनले कास्य पदक जितेका छन ।
पुरुष तर्फको चार सय मिटर फ्रि स्टाइलमा  मध्यमान्चलकै प्रवेश अधिकारीले कास्य पदक जितेका छन । महिला तर्फको दुई सय मिटर फ्रि स्टाइलमा  मध्यमाञ्चलकी शैला राणाले स्वर्ण पदक  जितेकी छन । महिला तर्फकै २ सय मिटरको ब्रेस्ट स्टोकमा करिश्मा कार्कीले स्वर्ण पदक हात पारेकी छन ।   आइतबार भएको सबै आठ वटा स्पर्धामा पदक हात पार्ने सबै खेलाडीहरु मध्यमान्चलकै रहेका छन ।  आदर्शनगरको स्वीमिङपुल परिसरमा सञ्चालन भइरहेको पौडी प्रतियोगितामा ५४ पुरुष र २७ महिला खेलाडी सहित ८१ जनाको सहभागीता  छ । प्रतियोगितामा २७ स्वर्ण , २७ रजत र २७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछन् । बीरगन्जमा पौडी प्रतियोगिता फागुन १६ गतेसम्म चल्ने नेपाल पौडी रसंघका केन्द्रिय सदस्य युवराज सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया