नेता, सेलिब्रेटी र आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी । खासगरी नेवारी संस्कृतिमा निकै पहिलेदेखि परम्पराका रूपमा रहेको ‘आमाको मुख हेर्ने’ संस्कार क्रमशः नेपाली समाजका अन्य जात–जातिसम्म फैलि“ र झांगिँदै छ । बदलिदो समयस“ नेपाली समाजमा यसलार्ई आमाको मुख हेर्ने विशेष पर्वका रूपमा लिने प्रवृत्ति बढ्दो छ । यसैको परिणाम हो– आमा हुनेले आमालार्ई मनपर्ने खाना र उपहार दिन्छन् । नहुनेले दुःख पाएका बुढाबुढीलार्ई खाना खुवाएर र उपहार दिएर आमाको सम्झना गर्ने चलन छ । यसै सन्दर्भमा एउटा चासोको पक्ष यस्तो देखियो– नेपालका महिला नेता र नाम चलेका कलाकारले कसरी सम्झन्छन् त आमाको मुख हेर्ने दिनलार्ई ? यसै सेरोफेरोमा रहेर ‘सौर्य’ दैनिकले केही नेता एवं कलाकारसित कुराकानीका आधारमा तयार पारेको छोटो विवरण । यो प्रस्तुतिले आमाको मुख हेर्ने दिनको महत्व र उपादेयताबारे सामान्य रूपमै भए पनि केही गहन चिन्तन उजागर गर्दछ–

astaअष्टलक्ष्मी शाक्य, नेता– एमाले/पार्टी उपाध्यक्ष

०५७ सालमा आमा बित्नुभयो । बुबाआमालार्ई नसम्झने कुनै दिन नै हुँदैन । आजको दिनमा मात्र होइन आमालाई हरेक समय सम्झन्छु । जन्माउने, हुर्काउने र संसार देखाउने आमालाई कसरी बिर्सन सकिन्छ र ? आमा हुदाभन्दा नहुदा उहालाई बढी सम्झिँदो रहेछ । उहाको अभाव खट्किरहेको महसुस हुन्छ ।
सानैदेखि राजनीतिमा लागेका कारण आमासँग धेरै कुरामा मतभेद थियो । उहालाई मेरो गतिविधि मन पर्दैन थियो । काठमाडौंको नेवार समुदायको छोरी भएकाले सानैमा बिहे गरोस् भन्ने उहाको चाहना थियो । म ०३६ सालमा घर छोडेर भूमिगत भए । एकैपटक ०४६ पछि मात्र बुबाआमासँग भेट भयो । खुला राजनीतिमा आएपछि बुबाआमाको माया र सहयोग धेरै पाए । पछिल्ला राजनीतिक गतिविधिमा उहाले धेरै सहयोग गर्नुभयो । आमा हुँदा आजको दिन हामी सबै छोराछोरी मिलेर बुबाआमालाई सँगै राखेर मीठो–मीठो खानेकुरा खुवाउँथ्यौं । आज आमा सम्झनामा मात्र हुनुहुन्छ । आजको दिनमा उहाको सम्झनामा दुःख पाएका बुढाबुढीलाई खाना खुवाउने गरेको छु । मलाई पनि छोरीले आजको दिन मीठो खानेकुरा र उपहार दिन्छिन् । यो हाम्रो संस्कृति भएकाले यसको विकास गर्नुपर्छ भन्ने लाग्छ ।

pamfaपम्फा भुसाल, नेता– नेकपा–माओवादी

आमा ८५ वर्षको हुनुहुन्छ । म आमासँगै बस्छु । मलाई आमाबाबुको मुख हेर्ने दिन राम्रौ लाग्छ । उमेरको कारण आमाले सामान्य खाना खानुहुन्छ । पहिलेदेखि नै आमालाई रेडियो सुन्न साहै्र मन पथ्र्यो । म भूमिगत हुदा पनि उहा सधैं रेडियोको समाचार सुन्नु हुन्थ्यो । खासगरेर छोरी मरेको समाचार सुन्नुपर्ने हो कि भन्ने उहालाई चिन्ता हुन्थ्यो । त्यसैले दुई वर्षपहिला मैले आमालाई आंसीको दिन रेडियो उपहार दिए । पछिल्ला वर्षको औंसीमा आमालाई नया लुगा लगाइदिने र मालालगायतका सामान लगाइदिने गर्छौं । उहा आफं केही गर्न सक्नु हुन्न ।
बुबाआमाप्रति छोराछोरीको सधैं दायित्व हुन्छ । तर, कयां यस्ता छोराछोरी छन् जो आमाबुबालार्ई बुढेसकालमा हेला र बेवास्ता गर्छन् । त्यो देख्दा दुःख लाग्छ । आज मात्र होइन आमाबुबालार्ई सधं माया र सम्मान गर्नुपर्छ । आजको दिन हामी पा“चै दिदीबहिनु जम्मा भएर आमासँग बस्छौं अनि भलाकुसारी गर्छाैं । मलाई आफू भाग्यमानी लाग्छ, आमालाई यो उमेरमा हेरविचार गर्न पाएकोमा । पहिला–पहिला भूमिगत भएकाले आमासँग बस्न पनि सकिँदैन थियो । खुला राजनीतिमा आएपछि आमासँगै बस्छु । हामीले गत साल आमाको चौरासीमा उहाँको जन्मदिन मनायौं ।
हरेक सन्तानका लागि आमाबाबु जति महत्वको सम्बन्ध अरू कोही हुँदैन । नेपाली समाजमा पैतृक सम्पत्तिको मात्र महत्व राख्ने धेरै छन् । यो दुःखको कुरा हो । हामी उहाहरूको कारण यो संसारमा छौं । जसले संसार देखायो उनीहरूप्रतिको कर्तव्य भुल्नु हँदैन । सानोमा उनीहरूले आफ्नो दायित्व पूरा गरे । बुढेसकालमा छोराछोरीले गर्नुपर्छ । आमाबाबुको मुख हेर्ने दिनलाई संस्कारको रूपमा विकास गर्नुपर्छ ।

dina-upadhyayमहालक्ष्मी उपाध्याय डीना, नेता– नेका

आमा बित्नुभएको दुई वर्ष भयो । आमा हुदा नेपालमा भएका दिदीबहिनी जम्मा भएर आमालाई मनपर्ने उपहार दिन्थ्यौं । त्यो पनि कहिलेकाहीँ पार्टी कामले गर्दा भ्याइदैन थियो । यतिबेला आमा स्मरणमा मात्र हुनुहुन्छ । आजको दिन मात्र होइन, आमाको सधैं सम्झना आउछ । अहिले चाहेर पनि आमाका लागि केही गर्न सकिँदैन ।
मलाई जन्मदिने आमा हुनुहुन्न तर कर्म दिने सासुआमा हुनुहुन्छ जसले मलाई बुहारीभन्दा छोरीको रूपमा माया गर्नुहुन्छ । आमा हुदा पनि म सासुआमालाई आजको दिनमा उपहार दिन्थें अहिले पनि दिन्छु । अहिले त मेरो छोरी पनि हुकिएकी छन् । ऊ नेपालमा छैन । यहा हुदा उसले मलाई उपहार दिन्थी, अहिले फोनबाट शुभकामना दिन्छिन् ।

urmilaउर्मिला अर्याल, नेता– नेकपा एमाओवादी

आजको दिन सबैले आमालाई सम्झन्छन् । मेरा लागि आमा सम्झनामा मात्र हुनुहुन्छ । ०६५ सालमा आमा बित्नुभयो । त्यो पनि आजकै दिन । आज आमाको तिथि पर्छ । दाजुहरूले आमाको श्राद्ध गर्छन्, म साथमा बस्छु । आमाको सम्झनामा दुई दिन माछा मासु खान्न । आमा हुदा उहालाई मन पर्ने लुगा र फलफूल उपहार दिन्थें । अहिले आमाको सम्झनामा दुःख पाएका बुढाबुढीलाई सकेको उपहार दिन्छु ।
जतिबेला आमा हुनुहुन्थ्यो राजनीतिक कामले फुर्सद हदैन थियो । लामो समय भूमिगत राजनीति गरियो । आमासग चाहेको बेला भेट गर्न कठीन थियो । अहिले खुला राजनीति छ तर आमा साथमा हुनुहुन्न । सम्झना मात्र छ । आमाले हाम्रा लागि धेरै गर्नुभयो तर हामीले उहाका लागि केही गर्न सकिएन भन्ने लाग्छ । अहिले मलाई आजको दिन छोरीले उपहार दिएन मनाउँछिन् ।

Karishma_Manandha_beautifulकरिश्मा मानन्धर, कलाकार

आमाले आफैं बोलाउनुहुन्छ । म, विनोद (श्रीमान्) र कविता (छोरी) पनि भएको बेला जान्छौं । दुई दिदीबहिनी छौं । आमालाई आवश्यक भएका सामान लान्छु, नत्र खास केही किनिँदैन । माइतमा कोही माछामासु खादैनन् । सबै साकाहारी छन् । आमालाई एक वर्षदेखि सुगर बढेकाले मिठाइ पनि खानुहुन्न । उहालाई हामीले अनावश्यक खर्च गरेको मन पर्दैन । आवश्यक भए अरू बेला पनि उपहार दिन्छु ।
छोरी कविताले नेपाल भएको बेला शुभकामना दिन्छिन् । मलाई पनि त्यतिकै खर्च गर्न मन लाग्दैन । कविता बाहिर हुदा फोनमा कुरा हुन्छ । अहिले उनी पनि नेपालमा भएकाले सगै मनाउछौं । खास ठूलो कार्यक्रम हुँदैन । बिहान आमाकोमा जान्छौ, सँगै खाना खाने र गफ गर्ने आदि गरेर सामान्य रूपमा मनाउछौं ।

komalकोमल ओली, गायिका

७१ वर्षको आमा हुनुहुन्छ । म धेरैजसो कामको सिलसिलामा बाहिर हुने हुदा कहिले काहीँ आमाको मुख हेर्ने दिन आमासँग हुन्नँ । आज पनि आमा दाङमा हुनुहुन्छ । म भक्तपुर महोत्सवमा व्यस्त हुन्छु । आमालाई यतै आउनु भनेको मान्नुभएन । आमाले भन्नुभयो, ‘सधैं खुवाएकै छौं । किन आजै खानुपर्छ । के–के खुवाउने हो, पछि खाउला । उपहार पनि पछि दिनु,’ भन्दै हास्नुभयो आमा । उहा सन्तुष्ट हुनुहुन्छ ।
आजको दिन सँगै हुदा आमालाई सिंगारेर राम्रो पार्छु । सँगै बसेर हासो ठट्टा गर्दै खाना खुवाउँछु । आमालाई मनपर्ने गीत गाइदिन्छु । आमा साह्रै खुसी हुनुहुन्छ । साथै मन पर्ने उपहार दिन्छु । हामीले दिने उपहारमा आमालाई खुसी लाग्छ । भन्नु हुन्छ, ‘केही चाहिँदैन तिमीहरूको माया भए पुग्छ ।’ उहालाई पारिवारिक वातावरण मन पर्छ हामी सबै जम्मा भएर मनाउछौं । भाइ आज आमाको मुख हेर्न दाङ जाँदै छ म यहीँबाट फोन गरेर शुभकामना दिन्छु आमाले आशीर्वाद दिनुहुन्छ ।
मलाई लाग्छ, आजको दिन सम्पूर्ण नेपाली नारीका लागि विशेष महत्वको दिन होस् । यसलाई मैले समानताको रूपमा लिएको छु । हाम्रो समाजमा बुबा र आमा दुवैको मुख हेर्ने चलन छ । यो परम्परालाई मैंले समानताको रूपमा लिएको छु । अरु बेला बाबुआमाको वास्ता नगर्नेले पनि देखाउनका लागि आज आमाबुबालाई केही न केही दिन्छन् । जसरी भए पनि सम्झने र बुबाआमाको महत्वको दिन भएकाले यो खास दिन हो ।

saritaसरिता लामिछाने, कलाकार

आज आमाको मुख हेर्न ऋषिजीसहित झापा जाने कार्यक्रम थियो । व्यस्तताका कारण जान सकिएन । आइतबार जादै छौं । ६० वर्षे आमा झापामा, म यहा“ खल्लो हुनु स्वाभाविकै हो । आजको दिन मात्र होइन, मेरा लागि आमा सधैं महत्वपूर्ण हुनुहुन्छ । म उहालाई सधैं आफ्नो शीरमा भएको महसुस गर्छु । आजको दिन संसारकै उत्कृष्ट दिन हो । समाजका एक खाले मान्छे छन्, आजको दिन मात्र आमाको महत्व भए जस्तो गर्ने फोटो फेसबुकमा राखेर प्रचार गर्ने अरू बेला वास्तै नगर्ने । त्यति गर्दैमा आमाप्रतिको कर्तव्य पूरा हुँदैन भन्ने लाग्छ मलाई । आमाको मुख हेर्ने दिनसँगै हुन पाउँँदा उहालाई उपहार मनपर्ने खाना दिन्छु । आजको दिन मात्र होइन अरू बेला पनि आमालाई मनपर्ने कुनै सामान बजारमा देखे किनेर भेटमा दिने गरेको छु । बहिनीले फोन गरेर सोधिन्, ‘आमालाई के उपहार दिने भनेर ।’ उनले आफ्नो विचारले दिन्छिन् । म आइतबार जा“दा लगिदिन्छु । मेरो पनि छ वर्षको छोरी छिन् । उनी पनि यो दिन बढी खुसी हुदै उपहार दिन्छिन् । मेरा लागि आमाबुबा सधैं उत्तिकै महत्वको हुनुहुन्छ, उहाहरूको मुख हेर्ने दिन मात्र होइन ।

प्रतिक्रिया