काठमाडौं, १८ मंसिर । सागरमाथा सिमेन्ट जर्नी वल्र्ड कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले उद्घाटन खेलमा एयर इन्डियालाई पराजित गरेको छ । अगामी महिना न्युजिल्यान्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटको तयारीको लागि भएको प्रतियोगितामा नेपालले एयर इन्डियालाई ५ विकेटले पराजित गरेको हो ।
एयर इन्डियन टिममा आइपीएल र एणजी ट्रफी खेल्ने खेलाडीहरु समावेश थिए । साथै आईपीएल टिम कोलकत्ता नाइट राइर्डर्सका फिल्डिङ प्रशिक्षक समेत रहेका प्रदीप मल्लिक एयर इन्डिया टिमको कप्तानको रुपमा मैदान ओर्लिएका थिए । उनी भारतका पूर्व खेलाडी समेत हुन् । यता नेपाली टिममा भने ट्वान्टी–ट्वान्टी विश्वकपको छनोट खेलेका सुवास खकुरेल, शरद भेसवाकर, उपकप्तान ज्ञानेन्ऽ मल्ल र बसन्त रेग्मीलाई आराम दिइएको थियो । उनीहरुको स्थानमा सोमपाल कामी, महेश क्षेत्री, अलिन मन्डल र राहुल बिकलाई खेलाईएको थियो ।
टीयू मैदानमा एयर इण्डियाले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य नेपालले ३४ओभर ५ बलमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा महेश क्षेत्रीले ६५ रन बनाए । पृथु बास्कोटाले २२ रन बनाए भने सागर पुन र अनिल मण्डलले समान १८ रनको योगदान दिए । कप्तान पारस खड्काले १३ र विनोद भण्डारीले १० रन बनाए ।
यसअघि पहिले व्याटिङ गरेको एयर इण्डिया ४४ ओभरमा १ सय ५५ रन जोड्दा अल आउट भएको थियो । एयर इन्डियाको लागि कप्तान प्रदीप मल्लिकले ५७ रन बनाएका थिए । एयर इण्डियालाई मध्यम स्कोरमा समेट्ने क्रममा अभिनाश कर्णले ८ ओभर ३ बलमा १२ रन दिएर ४ विकेट लिए भने सोमपाल कामीले राष्ट्रिय टोलीका लागि डेब्यू खेलमा नै ३ विकेट लिए । यस्तै सागर पुनले २ तथा कप्तान पारसले १ विकेट हात पारे ।
खेलपछि नेपाली टिमका प्रशिक्षक पुबुदु दासानायकेले खेलाडीहरुको प्रदर्शनबाट ख्ुसि भएको बताए । साथै उनले टिमका नियमित सदस्यलाई अराम दिइएको र नयाा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । टिमका डेब्यु सोमपाललाई मंगलबारको खेलमा पनि निरन्तरता दिने बताएका पुबुदुले नरेश बुढाएर र राजकुमार प्रधानलाई मौका दिने खुलासा गरे । प्रतियोगिताअन्तर्गत मंगलबार नेपालले दिल्ली वन्डरसाग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा दिल्ली र एयर इन्डियाबाहेक सिंगापुरले पनि सहभागिता जनाएको छ ।
प्रतिक्रिया