जनकपुरको विजयी सुरुवात

काठमाडौं : क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर ८ पोखरालाई एक विकेटले पराजित गर्दै जारी राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ९ वटा क्षेत्रका टीमहरूले प्रतिष्पर्धा गर्ने छन् । दुईवटा समूहमा विभाजन गरी खेलहरू खेलाइएको छ ।
पुल्चोक इन्जिनियरिङको मैदानमा भएको खेलमा क्षेत्र नम्बर आठ पोखराले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो । ध्रुव कार्कीले सर्वाधिक ४७ रन जोडेका थिए । भने मनोज कोइराला २१ तथा सानजोश भट्टराईले १६ रनको योगदान दिनुबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । जनकपुरका लागि अविशेक झाले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै गोपाल सिंह, राहुल प्रताप सिंह, हरीशंकर साहले समान २/२ विकेट लिएका थिए ।
१ सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले ३७ ओभर ४ बलमा ९ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । उसका लागि राहुल प्रताप सिंहले सर्वाधिक ३८ रन जोडेका थिए । त्यस्तै अनसाज उपाध्यायले २१ तथा हरिशंकर साहले १८ रनको योगदान दिएका थिए । पोखराले ३३ रन अतिरिक्त रनका रूपमा जनकपुरलाई दिएको थियो । पोखराका लागि सुशील कडेल र शिव श्रेष्ठले ३/३ विकेट लिएका थिए भने दिपेश श्रेष्टका नाममा २ विकेट रहयो । प्रतियोगितामा जनकपुरका राहुल प्रताप सिंह म्यान अफ द म्याच घोषित भएका थिए ।

प्रतिक्रिया