नेपालमा विदेशी हस्तक्षेपको जालो

Dirgha-Raj-Prasai२०७० सालको बडादशैँ नेपालीहरूको घरआँगनमा आएको छ । आनन्दसाथ मनाउन यो सालको दशैँमा नेपाली जनताको मनमा शान्ति छैन । नेपालको अस्तित्व संकटमा परेको देखेर जनता खिन्न छन् । नेपालीबीचको एकता तोड्दै यो भूमिमा पहिचान, परम्परा र सांस्कृतिक मान्यताहरू समाप्त गर्न विदेशीहरू पैसा बोकेर पसेका छन् । कथित दोस्रो संविधानसभाको नाममा अहिले नेपालमा पैसा खानेहरूको ताँती छ । पैसा खानमा ठूला पार्टीका नेताहरूको दौडधुप छ । सित्तैमा पैसा खान पाइन्छ भने हिन्दू, बौद्ध जुन संस्कारमा हुर्केका भए पनि पैसाका लागि यिनीहरूले आफूलाई बेच्न सक्छन् । भारत नेपाललाई टुक्र्याएर कब्जा गर्न चाहन्छ भने यही मौकामा पश्चिमा मुलुकका इसाई नेपाललाई क्रिस्चियनीकरण गर्न लागि परेका छन् । एमाओवादीभित्रका नेताहरूले २०५९ सालदेखि भारतीय गुप्तचर संस्थाको संरक्षण पाएकाले र उनीहरूमध्ये पुष्पकमल दाहाल, बाबुराम भट्टराई, कृष्णबहादुर महराहरू इसाई भएकाले युरोपबाट क्रिस्चियनलाई नेपालमा आउन सजिलो हुन गएको छ । त्यसैले कांग्रेस, एमालेका नेता पनि माओवादीझैँ विदेशीका भक्त बन्न पुगे । ०६२ सालदेखि नै संविधानसभाको निर्वाचनको नाममा नेपालका पार्टीका नेतालाई भारतले अगाडि बढाएको थियो । पैसा खानलाई कुनै न कुनै निहु चाहिने भएकाले भारतले संविधानसभाको पासो थापेको छ । त्यही पासोमा परेका पार्टीका नेता विदेशीका खेतला हुन् भन्ने कुरा सर्वत्र सार्वजनिक भइसकेको छ । यिनीहरूको कुनै सिद्धान्त छैन । मालिकले जहिलेसम्म खान दिन्छ त्यो बेलासम्म उसैको दानापानी खाएर बलिको बोका बन्छन् । अहिले नेपालमा उनीहरूकै दाइँ हुँदै छ ।
नेपालमा संविधान नै थिएन र आफ्ना झक्त भेला गराएर दाइँ गराउनुपर्ने ? तर, अक धेरै दिनसम्म यसरी यो भूमिमा दाइँ चल्ने छैन । किनकि कुनै न कुनै संविधानसभाबाट नेपाल चल्दाचल्दै किन चाहियो पटक–पटक यसरी संविधानसभाको निर्वाचन ? नेपालको एकीकरणपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पालादेखि संहितावद्धरूपमा विस्तृत कानुन बनाएका थिए । तिनै ऐन कानुनहरूकै आधारमा श्री ५ सुरेन्द्र वीरविक्रम शाहको पालामा जंगबहादुरले वि.सं. १९१० पौष ७ मा मुलुकी ऐनको तर्जुमा गरेको र त्यसैको आधारमा २००७ सालमा अन्तरिम शासन विधान, २०१५ सालको नेपाल अधिराज्यको संविधान, २०१९ सालको संविधान र २०४७ सालका संविधानको तर्जुमा भएर नेपालले आफ्नो राष्ट्रियतालाई शिरमा राखेको थियो । ती संविधान नेपाली जनताको सुख समृद्धका लागि तर्जुमा गरिएको थियो । यसरी संविधानअनुसार देश चलिरहेको अवस्थामा कहाँबाट आयो यो संविधानसभाको कुरा ? त्यसैले नेपाली जनताको प्रश्न छ– किन र कसका लागि यसरी नेपालमा दाइँ हुँदै छ ? त्यसैले यी भोकालाई भारत र पश्चिमाले आफ्नै आमा बेच विखण्डन गराउन दानापानी खुबाएर यहाँका कथित नेतालाई भक्त बनाएर पैसाको खोलो बगाइरहेका छन् । ०६३ सालपछि पार्टीको नाममा यिनीहरूले संविधानसभाको निर्वाचन भन्दै बेमौसमी बाजा बजाएर सोझासाझा नेपाली जनतालाई दिग्भ्रमित बनाए ।
०६३ सालदेखि भारत र पश्चिमाले जातीय संघीयताको नाममा नेपालको अस्तित्व समाप्त गर्न इसाईकरण गर्दै भारतसँग मिलेर नेपाल टुक्र्याएर ध्वस्त बनाउने रणनीतिमा छन् । त्यसैले भित्रभित्रै नेपालको जग भत्काउन उनीहरूले पैसाको खोलो बगाएर आफ्ना भक्तलाई प्रयोग गरिआएका छन् । ०६९ साल चैत्रदेखि संविधानसभाको दोस्रो निर्वाचनको नाममा चारपार्टीका कुचक्रीहरूलाई प्रयोग गरेर नेपालको अस्तित्व समाप्त पार्न लागेका छन् । संविधान बनाउनका लागि भनेर दोस्रोपटक पनि संविधानसभाको निर्वाचनको नाटक गरिएको छ । तर संविधान बनाउनका लागि होइन । संविधान बनाउनु नै थियो भने पहिलाको संविधानसभाबाट नै संविधान बनिसक्थ्यो । पहिलाको संविधानसभामा यसरी बोकाको दाइँजस्तो लागेको थिएन । त्यसबेला पहिलो संविधानसभाबाट नेपाल टुक्र्याउन सम्भव भएन । त्यसोभएपछि उनीहरूले नै प्रधानमन्त्री बनाइएका विश्वास प्राप्तहरूबाटै संविधानसभा खारेज गराइयो । त्यसपछि साह्रालाई भेला गराएर ०५९ साल चैत्रदेखि चारदलीय संयन्त्रको नाममा नेपालमा दाइँ भइरहेको छ । विदेशीहरूले आफ्ना इच्छाअनुसार नेपाली नेतालाई चलाइरहेका छन् । नेपालमा ०५९ साल चैत्रदेखि तालीमप्राप्त भरिया भेला गराएर संविधानसभाको दाइँ गराउन खोजिँदै छ । ०५९ साल जेठ १४ गते अगाडि पार्टीका नेता विदेशी भक्त जस्तो लाग्दैन थियो । तर, अहिले यिनीहरू साह्राका साह्रा विदेशी चारो खाएर अर्को संंविधानसभाको नाममा नेपाललाई भट्टीमा हाल्न तम्तयार भएका देखिन्छन् । अर्काको भरिया बनेका अत्यन्त खतरनाक हुन्छन् । यिनीहरूको कुनै नैतिक चरित्र हुन्न । खान पाइयो भने यिनीहरू जे पनि गर्छन् । यिनीहरू यति दुर्गन्धित भएका छन् कि छेउछाउमा कोही टिक्न सक्तैनन् । पैसाका लागि विदेशीलाई आफ्नो घरभित्र हुल्ने पतितका कारणले आज यो देशका बासिन्दा अत्यन्त दु:खी छन् ।
नेपाल तथा भारतबीचमा यगगौयुगदेखि गहन तादात्म्य छ । तर, भारतीय कांग्रेस सत्तामा आएपछि उसको गुप्तचर संस्था ‘रअ’ मार्फत नेपाललाई कुदृष्टि राख्ने गरेकाले हामी भारतसँग सशंकित छौँ । दु:खको कुरा छ कि ०६३ सालको जनआन्दोलनपछि संविधानसभाको नाममा नेपालका पार्टीका नेतालाई आफ्नो पक्षमा लिएर नेपाललाई आक्रमक हिसाबले कब्जा गर्ने रणनीति लिएर भारतको गुप्तचर संस्था ‘रअ’ अनेकौँ कुचक्र गर्दै दोस्रोपटक पनि संविधानसभाको निर्वाचनको बखडा झिकिरहेको छ । भारतले नै नेपालमाथि कुदृष्टि राख्ने गरेकाले नेपाल–भारत सम्बन्ध अत्यन्त शंकाको घेरामा छ । नेपालमा राजसंस्था नहुँदाको अवस्थामा चीनले आफ्नो सुरक्षाका लागि नेपालभित्र अनेकौँ कार्यक्रम लिएर प्रवेश गर्दै छ । यसबाट भोलिका दिनमा भारतलाई पनि खतरा हुनसक्छ । चीनको प्रवेश भनेको उग्र साम्यवादको बाटो हो जुन नेपाल र भारत दुवै देशका लागि खतरनाक बन्न सक्छ । चीनले भारतलाई छोड्नेवाला छैन । यसरी भारत सरकारले ठूलो गल्ती गरेर आत्मघाती काम गर्दै छ ।
आज यो देशमा अन्तरिम संविधान नै घाँडो बनेको छ । संविधानसभाबाट कुनै संविधान बन्नेवाला छैन । भारतको दबाबमा जसोतसो गरेर संविधानसभाको निर्वाचन गराएर संविधानसभाको पहिलो बैठकबाट एक मधेस एक प्रदेशको नाममा नेपालको तराई, लिम्बुवान र खम्बुवाङको रडाको झिक्न लगाइयो । नेपाललाई विखण्डन गराउन भारत कम्मरकसेर लागेको छ । यस्ता घातक कुराको हामी नेपाली घोर विरोध गर्छौं, भ्रत्सना गर्छाैं । त्यसैले कुनै हालतमा फेरि अर्को संविधानसभाको निर्वाचान गराइनु हुन्न । यो खारेज हुनुपर्छ । कसैको स्वार्थका लागि नेपाल डुब्न दिनुहुन्न । अबको देशको आवश्यकता हो, ०४७ सालको संविधानमा नै टेकेर नेपालको पहिचान, आपसी एकता, अन्तरसम्बन्ध र नेपालको राष्ट्रिय एकताका स्रोत राजसंस्था, हिन्दू तथा बौद्ध अधिराज्यलाई सदृढीकरणगर्दै यो पूण्यभूमिको संरक्षणमा जुट्न सक्नुपर्छ । ०७० सालको बडादशैँ हाम्रो घर–आँगनमा आउँदै छ । ०७० सालको विजय दशमीको उपलक्ष्यमा नवदुर्गा भगवतीले शक्ति प्रदान गरुन् भन्ने कामना छ । ०७० सालको विजय दशमीको उपलक्षमा लागि हामी सबैले एक आपसमा शुभकामना साँटासाँट गरौँ ।

प्रतिक्रिया