शाहरूखका चर्चित ६ विवादास्पद घटना

Shaharukha khanबलिउड स्टार शाहरूख खान कुनै न कुनै रूपले विवादमा आइरहन्छन् । कहिले आफ्नै मिल्ने साथीसँग झगडा गरेर चर्चामा आउँछन् भने कहिले रक्सीले मात्तिदै सुरक्षाकर्मीसँग झगडा गरेर । बलिउडमा साहरूखलाई विवादमा आइरहने अभिनेताका रूपमा समेत चिन्ने गरिन्छ । अभिनयका कारण उनी जति चर्चामा छन् उत्ति नै विवादका कारण पनि चर्चामा आउने गर्छन् । साहरूखका चर्चित विवादीत घटनाहरू :
विवाद १ :
यसपटक बलिउडका सुपटरस्टार साहरूख खान एकदमै फरक कारणले चर्चामा आएका छन् । उनी यसपटक मारपिटभन्दा भिन्न कारणले विवादमा आएका छन् । कारण हो, अर्काको भाषण चोरेर भाषण गरेको । अघिल्लो महिना आयोजित एक कार्यक्रममा किङ खानले समेत चिनिने बलिउड स्टार साहरूखले भाषण गरेका थिए । र उनी भाषणकै कारण विवादित बनेका छन् । उनलाई अर्काको भाषण चोरेर गरेको आरोप लगाइएको छ । सोसल मिडिया कल्सल्टनेन्ट अग्राथा दिनकरले आफ्नो ब्लगमा साहरूखले अर्काको भाषण चोरेर बोलेको दाबी गरेका छन् । उक्त ब्लगका अनुसार साहरूले दिएको भाषण लेखक जेके रोलिङले हावर्ड युनिभर्सिटीमा दिएको भाषणको फोटोकपी हो ।
उक्त ब्लगले लेखेको छ, ‘साहरूखले दिएको तीन पृष्ठ लामो भाषणको दोस्रो र तेस्रो पानामा उल्लेख गरिएको कुरा उनले पहिला नै पढेका थिए । यो भाषण ह्यारी पोर्टर सिरिजकी लेखक रोलिङले २००८ सालमा हार्वर्ड युनिर्भसिटीमा दिएको भाषणसँग मिल्दोजुल्दो छ ।
विवाद २ :
बलिउडका सुपटरस्टार साहरूख यसरी पहिलोपटक विवादमा भने परेका होइनन्, उनी यसअघि धेरैपटक विवादमा परिसकेका छन् । केही समयअघि मात्र सरोगेसीमार्फत तेस्रो सन्तानका बुबा भएका साहरूख त्यतिबेला पनि निकै आलोचित र विवादित बने । महाराष्ट्रको रेडियोलोजिस्ट एसोसियसनले साहरूखले शिशुको लिंग परीक्षण गराएको बताएपछि उनी थपविवादित बनेका थिए । तर, साहरूखले भने यसलाई अस्वीकार गर्दै लिंग परीक्षण नगराएको दाबी गरेका थिए ।
विवाद ३ :
अघिल्लो वर्ष कोलकाता नाइट राइडर्सका मालिकसमेत रहेका किङ खानले क्रिकेट मैदानमै झगडा गरेका थिए । क्रिकेट खेल चलिरहेका बेला साहरूखका छोरा आर्यन र छोरी सुहाना खेल मैदानमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई मैदान प्रवेशमा रोक लगाउँदै धकेलेका थिए । आफ्ना छोराछोरीलाई धकेलेपछि साहरूखले आक्रोशित हुँदै सुरक्षाकर्मीसँग झगडा गरेका थिए । सुरक्षाकर्मीका अनुसार साहरूख रक्सी खाएर क्रिकेट मैदानमा आएका थिए । सुरक्षाकर्मीसँग झगडा गरेपछि साहरूखलाई पाँच वर्षसम्म उक्त मैदान प्रवेशमा प्रतिबन्ध नै लगाइएको छ जुन अहिले पनि जारी छ ।
विवाद ४ :
यति मात्र होइन्, २०१२ मा आइपिएल सञ्चालनका बेला साहरूखले सार्वजनिक ठाउँमै चुरोट खाएका थिए, जसका कारण उनको सर्वत्र आलोचना भएको थियो । जयपुरको सवाईमान सिंह स्टेडियममै उनले चुरोट खाएपछि प्रहरीमा उजुरीसमेत परेको थियो ।
विवाद ५ :
बलिउडमा साहरूख र सलमानबीच राम्रो दोस्ती थियो धेरै पहिला तर अहिले उनीहरू एक अर्कालाई हेर्नसमेत सक्दैनन् । कारण के थियो भने नायिका कट्रिना कैफको जन्मदिनमा चार वर्षअघि बलिउडका यी दुई बादशाहबीच हानाहान नै भयो ।
विवाद ६ :
सन् २०११ मा चलचित्र अग्नीपथको प्रदर्शन सफल भएको खुसीयालीमा एउटा पार्टीको आयोजना गरिएको थियो । उक्त पार्टीमा साहरूख र फराह खानका पति शिरीषबीच झगडा भयो । रक्सीले मात्तिएका शिरीष साहरूखसँग चर्को चर्को गरी बोलिरहेका थिए । यति मात्र नभएर शिरीष यूवतीहरूलाई पनि छेडछाड गर्न थालेपछि साहरूखले उनको शिरीषको गालामा एक थप्पड हानेका थिए । त्यसपछि उनीहरूबीच हात हालाहालको अवस्था सिर्जना भयो । यो घटनाले बलिउडमा निकै सनसनी मच्चायो । पछि फराह र शिरीष साहरूखकै घरमा पुगेर माफी मागेपछि उनीहरूबीच मेल भयो । (एजेन्सी)

प्रतिक्रिया