कामको खोजिमा बिदेसिने बढे

TIAकाडमाडौं, १० असोज । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको भदौ मसान्तसम्ममा ४१ प्रतिशतले बढेको छ ।

नेपालबाट रोजगारका लागि विभिन्न मुलुकमा जाने कामदारको संख्या आव ०६९/७० साउनमा ३२ हजार ६ सय ८५ थियो भने चालु आवको साउनमा ४५ हजार ९ सय ३७ पुगेका छन् । यो क्रमले अघिल्लो आव साउनको तुलनामा चालु आवको साउनमा बिदेसिने नेपाली ४० दशमलव ५४ प्रतिशत बढी हो ।
तर, भदौमा भने वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटेको छ । अघिल्लो आवको भदौमा बिदेसिने नेपाली कामदारको संख्या २७ हजार ९८ थियो । चालु आवको भदौमा २४ हजार २ सय १४ मात्र छन् । अघिल्लो आवको भदौको तुलनामा चालु आवको भदौमा ११ प्रतिशतले घटेको छ । तर, नेपाली रोजगारीका लागि बिदेसिने क्रम दुवैलाई तुलना गर्दा १७ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको साउन महिनामा विभागबाट अन्तिम श्रम स्वीकृत लिने कामदारमा कुबेतमा संस्थागततर्फ पुरुष कामदार ६ सय ६५, व्यक्तिगतमा ६१ जना छन् । त्यस्तै, व्यक्तिगतमा कुबेत जाने महिला कामदार ५५, संस्थागतमा महिला ६ सय ८३ सहित १ हजार ४ सय ६४ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । यसैगरी, मलेसियामा जाने कामदारमा पनि निकै वृद्धि भएको छ । पुरुषतर्फ १५ हजार ८ सय ६१ छन, महिला संस्थागतमा ५ सय २२ सहित १६ हजार ३ सय ८३ मलेसिया पुगेका छन् । यस्तै, कतारमा संस्थागततर्फ पुरुष ८ हजार ४ सय ७७ व्यक्तिगतमा १ सय ५५ रहेको छ । संस्थागतमा महिला कामदारमा १ सय ७४, व्यक्तिगतमा १६ सहित ८ हजार ८ सय २२ नेपाली कतार रोजगारीका लागि कतार पुगेका छन् । यस्तै, साउदी अरबमा संस्थागतमा ७ हजार ६ सय ५९, व्यक्तिगतमा १ जना मात्र पुरुष कामदार साउदी पुगेका छन् भने संस्थागतमा २२ महिलासहित ७ हजार ६ सय २८ रोजगारीका लागि बिदेसिएका छन् । यसैगरी, युएईमा संस्थागतमा ४ हजार २ सय ५७, व्यक्तिगत २७ छन् भने संस्थागतमा महिलामा ४ सय ३२ र व्यक्तिगतमा ३८ सहित ४ हजार ७ सय ५४ छन् । यसैगरी, दक्षिण कोरिया (इपिएस प्रणालीअन्तर्गत) जानेमा पुरुष २ सय ८६ र महिला १० सहित २ सय ९७ रहेका छन् ।
अध्यागमनका कर्मचारीले भ्रष्टाचार गरेको भन्दै अख्तियारले पक्राउ गरेका कारण कर्मचारीको विरोधसँगै नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्केका थिए । त्यसले गर्दा पनि कामदार बिदेसिन कमी भएको विभागका निर्देशक आचार्यले बताएका छन् । उता, सबै विभागका कर्मचारीले सबै प्रक्रिया नपुर्‍याए त्यसले गर्दा व्यवसायी र कामदारले दु:ख पाएको भन्दै व्यवसायीले विभागमा गरेका आन्दोलनका कारण गत भदौमा भन्दा यो भदौमा कामदार जाने क्रम घटेको हो ।
गत वर्ष भदौमा २७ हजार ९८ नेपाली बिदेसिएकोमा चालु आवको भदौमा ४ हजार २ सय ८४ बिदेसिएका छन् । यसर्थ अघिल्लो वर्षको तुलनामा २ हजार ८ सय ८४ रहेको छ । अघिल्लो आवको तुलनामा झन्डै ११ प्रतिशतले घटेको हो । यसमा महिला १ हजार तीन सय ४१ र पुरुष २२ हजार ८ सय ७३ कामदार बिदेसिएका छन् । मलेसियामा १० हजार ४ सय ५, कतारमा ६ हजार १ सय ४६, साउदी अरबमा २ हजार ९ सय १५, युएईमा २ हजार ६ सय ५ र कुबेतमा ९ सय २६ रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीमा भदौमा कुबेतमा रोजगारीका लागि जानेमा नेपालीमा संस्थागत रूपमा पुरुष २ सय ६२, व्यक्तिगत रूपमा १ सय ८३, महिला संस्थागत १३ र व्यक्तिगत रूपमा ४ सय ६८ सहित ९ सय २६ नेपाली कुबेत पुगेका छन् । यस्तै, मलेसिया जानेमा संस्थागत रूपमा पुरुष १० हजार ३, व्यक्तिगत १ सय ५० छन् । यस्तै, महिलामा संस्थागत २ सय ५१, व्यक्तिगत १ जनासहित १० हजार ४ सय ५ रहेका छन् ।
कतार जाने पुरुषमा संस्थागत ४ हजार ४ सय २३ व्यक्तिगतमा १ हजार ६ सय १८ छन् । यसैगरी, महिलामा संस्थागत जानेमा ८१, व्यक्तिगत २४ सहित ६ हजार १ सय ४६ रहेका छन् । साउदी अरबमा संस्थागत रूपमा रोजगारीका लागि पुरुष २१हजार, व्यक्तिगत जानेमा ७ सय ७७ छन् भने संस्थागतमा महिला २४, व्यक्तिगतमा १५ सहित २ हजार ९ सय १५ रहेका छन् । युएई संस्थागत रूपमा जाने पुरुष १ हजार ८ सय २६ र व्यक्तिगतमा ५ सय २४ छन् भने संस्थागतमा महिलामा १ सय ८४ र व्यक्तिगतमा ७४ सहित २ हजार ६ सय ८ रहेका छन् । दक्षिण कोरियामा (इपिएस प्रणाली) अन्तर्गत पुरुष ४ सय ७४, महिलामा ५ सहित ४ सय ७९ रहेका छन् । कोरियामा व्यक्तिगत रूपमा नेपाली कामदार गएका छैनन् ।

प्रतिक्रिया