काठमाडौं । मलेसियामा भएको एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई हराउँदै च्याम्पियन भएको छ । आज शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई दुई विकेटले हराएर च्याम्पियन हुँदै उपाधि हात पारेको हो ।
टस जितेर पहिला ब्याटिङ गर्दै सिंगापुरले नेपाललाई उपाधि जित्नका लागि ११४ रनको समान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले आठ विकेट गुमाएर २९.० ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौा विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाइ जित दिलाए ।
विकेट किपर सिवांश बजगाइले बनाएको २० रन थपे । शुभम खनालले १८ रन थपे। शुभम खनालले प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए । रौनक श्रीवास्तक शुन्य र सुगम बुढाथोकी १ रनमा आउट भए । छैटौँ ओभरमा श्रीवांस र रौनकलाई गुमाएपछि नेपाली युवा टोली दबाबमा आएका थिए ।
२५औँ ओभरमा विपिन प्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि युवा टोली दबाबमा आएको थियो । त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भएको थियो ।
सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए । विपिन प्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे । शुभम खनालले दुई विकेट झारे ।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो । उनले ८४ बलमा २ चौका प्रहार गरे । कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो ।
त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको थियो । नेपालले मलेसियालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने सिंगापुरले हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको हो । यस संस्करणमा नेपाल साविक विजेता पनि हो । अघिल्लो संस्करण भएको फाइनलमा नेपालले मलेसियालाई २२१ हराउँदै उपाधि उचालेको थियो ।
प्रतिक्रिया