काठमाडौं । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३ हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला सुनको मोल रु १ लाख ९० हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु २ हजार १४५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुनको मूल्य ३ हजार ३११ डलर कायम भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।
प्रतिक्रिया