सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा बृक्षारोपण

काठमाडौँ । बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशको विराटनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रम विश्वकर्मा चोक वडा नम्बर ८ मा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएका हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

प्रतिक्रिया