सरकारको अल्टिमेटमपछि घरधनी आफैंले हटाउन थाले जडीबुटी–पेप्सीकोला सडकका अवैध संरचना

काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना जग्गाधनी आफैँले हटाउन थालेका छन् ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले ३५ दिनको अल्टिमेटम दिएर सूचना निकालेपछि अवैध संरचना हटाउन उनीहरु आफैँ कस्सिएका हुन् ।

उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका अनधिकृत संरचना व्यक्ति आफैँले हटाउनुपर्ने नभए कानुन अनुसार कारबाही हुने सार्वजनिक सूचना जारी भएको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५–१५ मिटर सडकको सीमा कायम भएको छ । यो सीमामा सडक विभाग र महानगरले यसै महिना सीमांकन गरेर चिह्नसमेत लगाएका छन् ।

प्रतिक्रिया