प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षीको अवरोधपछि आज पनि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै केही दिनदेखि अवरोध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज पनि सुरू हुनासाथ स्थगित भएको ट । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका हुन् ।

विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन् । विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका हुन् ।

आजको बैठकमा पनि विपक्षीले उठेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले भोलि सोमबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए। वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन् ।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए ।‍ दिउँसो १ बजेका लागि डाकिएको बैठक ३ः१५ बजेका लागि सरेको थियो ।

उक्त समयमा पनि बैठक बस्न सकेन त्यसपछि ५ बजेलाई सारिएको थियो । तर, ढिलो गरी ६ः३० बजे बैठक सुरु भएको थियो । बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए । तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहेका हुन् ।

प्रतिक्रिया