काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले एक पैसा पनि घूस नलिएको भन्दै भ्रष्टाचारको मुद्दामा नआत्तिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले घूसका रूपमा पैसा वा जग्गा नलिएको स्पष्ट पारेका हुन् ।
नेपालले आफूले देश र जनतालाई नोक्सान हुने काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । आफूले नबिराएको कारण नडराएको उनको भनाइ छ । ‘मैले भन्ने गरेको छु, नबिराउनु नडराउनु । जब कुनै कुत्सित मनसाय छैन,’ उनले भने, ‘निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभका निम्ति कुनै काम गरिएको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन ।’ उनले आफूलाई अदालतले न्याय दिने विश्वाससमेत व्यक्त गरे ।
प्रतिक्रिया