राष्ट्रिय युवा संघमा कार्यविभाजन

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालमा कार्यविभाजन भएको छ । केन्द्रीय कमिटीको पहिलो बैठकले निरोज पौडेल र
सारदा पछाईलाई पदाधिकारी सरहको जिम्मेवारी प्रदान गरिएको राष्ट्रिय युवा संघले जनाएको छ ।

अन्य पदाधिकारीहरुको कार्यविभाजनमा उपमहासचिव उपेन्द्र शाही विदेश विभाग प्रमुख, सचिव ई. मोविन अख्तर आलम युवा पुनः जागरण अभियान संयोजक, सचिव निशा लिम्बु सुब्बा प्रचार विभाग प्रमुख, सचिव मदन भण्डारी संगठन विभाग प्रमुख, सचिव अरुण बहादुर कुँवर आर्थिक विभाग प्रमुख , को जिम्मेवारीमा छन् । त्यसैगरी निरोज पौडेल लाई प्रवक्ता तथा प्रवास विशेष प्रदेश कमिटी ईन्चार्जको जिम्मा दिइएको छ भने महिला विभाग प्रमुखमा सारदा पछाई छन् .।

बैठकले जिल्ला कमिटी, पर्वतको सन्दर्भमा विभिन्न समयमा भएको अस्वस्थ स्तरका विवास्पद गतिविधिहरुका कारण उक्त जिल्ला संगठनात्मक रुपमा पूर्णतः समस्याग्रस्त भएको, उक्त जिल्लाबाट महाधिवेशनमा प्रतिनिधि समेत चयन गर्न असमर्थ रहेको र फेरि पनि संगठनात्मक गतिविधिहरु संचालन गर्न सक्ने परिस्थिति नरहेको हुँदा उक्त जिल्लाको समस्या समाधान गरि संगठनलाई चलायमान गर्न केन्द्रीय कमिटीका सचिव कमरेड मदन भण्डारी र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कमरेड मदन गिरीलाई विधानमा व्यवस्था भए बमोजिमको समयसीमा भित्र अधिवेशन गरिसक्ने गरि सहजीकरणको जिम्मेवारी प्रदान गरेको छ ।

साथै अधिवेशन आयोजक कमिटीका सन्दर्भमा विवाद सिर्जनापूर्व कायम रहेको कमरेड विर बहादुर थापा (विनोद) नेतृत्वको जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीका रुपमा कायम गर्ने निर्णय गरिएको बताइएको छ ।

त्यसैगरी मदन भण्डारी र मदन गिरीलाई मिति २०८२ वैशाख २४ गतेका दिन पर्वत जिल्लाको नेकपा (एमाले) को पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपालको विषयमा संघका पूर्वनेता क।अर्जुन पौडेलमाथि भएको सांघातिक आक्रमण घटनाको पूर्ण विवरणसहितको प्रतिवेदन संघको केन्द्रलाई १५ दिनभित्र बुझाउने र सो बमोजिम घटनामा संलग्न दोषीउपर कारवाही प्रक्रिया अगाडि बढाइने निर्णय गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

प्रतिक्रिया