नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति

काठमाडौं । चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (डीसीएन)बीच बहुचर्चित भीपीसी (भर्चुअल प्रिन्ट कस्ट)को शुल्कमा २५ प्रतिशत घटाउने सहमति भएको छ । केडीएम चार्ज समेत भनिने यो प्रणालीको शुल्कमा कटौती गर्नेबारे बुधबार निर्माता संघ र डीसीएनबीच वार्ता भएको थियो ।

साउन मसान्तदेखि लागू हुने गरि केडीएम चार्ज २५ प्रतिशत घटाउने सहमति पत्रमा निर्माता संघका सबै पदाधिकारी र डीसीएन प्रमुख अशोक शर्माले हस्ताक्षर गरेका छन् । निर्माता संघका अध्यक्ष नवल खड्काले यो निर्णय घरेलु चलचित्रको हकमा मात्र लागू हुने बताए । यो निर्णयपछि निर्मातालाई वार्षिक ५० लाखभन्दा धेरै रकम मुनाफा हुने उनले बताए ।

प्रतिक्रिया