काठमाडौं । लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले नयाँ मर्मस्पर्शी ‘एउटा नाता’ नामक गीतको भिडियो ल्याएका छन् । उक्त गीतको भिडियो निर्देशक बिसीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा गायिका एलिना चौहानको आवाज रहेको छ भने निर्देशक शंकर बिसीकै मर्मस्पर्शी शब्द र अर्का चर्चित गायक रमेशराज भट्टराईको संगीत रहेको छ । गीतमा रामकुमार नेपालीको एरेञ्ज तथा कुमार राना मगरको मिक्सिङ रहेको छ ।
उक्त गीतको भिडियोमा निर्देशक बिसीकै निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ ।
निर्देशक बिसीले यसभन्दा केही वर्षअघि आफ्नै आवाजमा केही गीतहरु पनि ल्याएका थिए । केही वर्ष अगाडि नायिका रेखा थापा र शंकर बिसीकै आवाजमा रहेको गीत ‘जिन्दगीको लामो यात्रा’ ले पनि चर्चा पाएको थियो ।
प्रतिक्रिया