काठमाडौँ । केही दिनअघि अमेरिकी कम्पनी एप्पलले निर्माण रहेको हलिउड चलचित्र ‘टासी’ को नेपालमा छायांकन गरिएको छ । यो चलचित्र पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित छ ।
यसैबीच ‘टासी’ मा नेपाली अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा देखिने खबर बाहिरिएको छ । उनी यस चलचित्रमा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाकी पत्नी दावाको भूमिकामा देखिनेछिन् । ‘नाका’ डेब्यु गरेकी ल्हामो पछिल्लो समय चलचित्र ‘शाम्बाला’ का कारण चर्चामा छिन् । गतवर्ष रिलिज भएको यो चलचित्र बर्लिन चलचित्र फेस्टिभलमा प्रदर्शन भएको थियो । उनले लोकार्नो चलचित्र फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको लागि ‘बोक्कालिनो डिओर’ अवार्डसमेत जितेकी थिइन् ।
एप्पलले हालै सार्वजनिक गरेको विवरणअनुसार चलचित्रमा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गे तेन्जिङको मुख्य भूमिकामा देखिनेछन् । थिन्ले उनको श्रीमतीको रूपमा देखिने छिन् । यस चलचित्रमा विलियम डफोई र टम हिडल्स्टनको पनि मुख्य भूमिका छ ।
तेन्जिङकै जीवनमा आधारित बताइएको यो चलचित्रमा चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेले तेन्जिङको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र ललितपुर, मुस्ताङ, तनहुँ र सोलुखुम्बुमा १ महिना लगाएर छायांकन गरिएको छ ।
तेन्जिङ नोर्गे शेर्पा र उनको सन् १९५३ मा सगरमाथा आरोहणको सत्य कथामा आधारित छ । ‘शेर्पा’ र ‘माउन्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो चलचित्रको निर्देशन गरेकी छन् । चलचित्रको नेपाल छायांकन होल्डिलेस आउटडोर, चलचित्र डेस्टिनेसन नेपाल र चलचित्र क्रूले संयोजन गरेका थिए ।
प्रतिक्रिया