‘जन्ते बाख्रो’को प्रिमियर

काठमाडौँ । चलचित्र ‘जन्ते बाख्रो’को प्रिमियर सो गरिएको छ । बुधबार काठमाडौँको सिभिल मलस्थित क्युएफएक्स सिनेमाजमा गरिएको प्रिमियर सोमा चलचित्र रुचाइएको छ ।

चलचित्र हेरिसकेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथा पर्दामा हेर्न पाइएको प्रतिक्रिया दिइन् ।

‘म धेरैपछि हलभित्र निकै हाँसेकी छु । आशिफ दाइ (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका चलचित्रभन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ’, उनले भनिन् । अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ले परम्पराको जानकारीसँगै सिनेमाले मनोरञ्जन दिने बताए ।

प्रतिक्रिया