थाइल्यान्डसँग नेपालको हार

बैंकक । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ । मंगलबार बैंककको टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले ५८ रनको जित हात पारेको हो ।

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गर्दै ९ विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो । नेपालका लागि कवितार कुँवरले २४, रजाजमति ऐरीले अविजित २० र रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक ४ विकेट लिइन् ।

यसैगरी थिपाचा पुथावोङले ३ र सुलेपोर्न लाओमीले १ विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५८ रनको योगाफल तयार पारेको थियो ।

थाइल्यान्डका नन्नापत कोन्चारोएनकाई २८ बलमा ८ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । यसैगरी नटाया बुचथमले ४२ बलमा ५ चौकासहित ५०, अपिसरा सुवान्चोराथीले २९ र नथ्थकन चन्थमले अविजित १५ बनाए ।
नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान १–१ विकेट लिए ।

प्रतिक्रिया