पक्राउ परेका रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा

काठमाडौं । काठमाडौं । आज बुधबार पक्राउ क्राउ परेर डिल्लीबजार कारागार लगिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिहाइ गरिएको छ, अनधिकृत पत्र लेख्नुहुने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टलाई नियन्त्रणमा लिइएको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको आज गरिएको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो ।

सर्वोच्च अदालतबाट अनधिकृत पत्रको आधारमा पक्राउ परेका चौधरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि रिहा भएका हुन् । ‘सर्वोच्चको अर्को पत्र आएपछि प्रक्रिया पुर्याएर उहाँलाई छाडेका हौँ,’ डिल्लीबजार कारागार कार्यालका एक अधिकारीले भने ।

बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुन लाग्दा उनी त्यहीँबाट पक्राउ परेका थिए । सर्वोच्चको रिट तथा मुद्दा महाशाखाबाट चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र पुगेपछि काठमाडौं प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी बुधबार नै डिल्लीबजार कार्यालयमा बुझाएको थियो ।

सर्वोच्चको पत्रबारे सर्वोच्च प्रशासन नै अनभिज्ञ थियो । यसले सर्वोच्चमै दिनभरि बबन्डर मच्चाएको थियो । पछि महाशाखामा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत हस्तक्षर गरी पत्र पठाएको खुलेपछि उनी पक्राउ परेका छन् ।

विष्टले अनधिकृत पत्र पठाएको पत्र प्रष्टीकरण दिएको छ। सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गरी घटनाबारे प्रष्टीकरण दिएका छन् । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया सुरू भएको जानकारी गराएका छन् ।

‘यस अदालतको शाखा अधिकृतले च।नं। १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च. नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

नाउपाका संरक्ष रेशमलाई उनका बुवा लालवीर चौधरी र श्रीमती एवं सांसद रञ्जिता श्रेष्ठको जिम्मा लगाएर रिहा गरिएको डिल्लीबजार कारागारले जनाएको छ ।

प्रतिक्रिया