पार्टी एकता गर्न माधव नेपाल र वामदेव गौतमबीच हस्ताक्षर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच पार्टी एकता गर्ने सहमतिमा शुत्रबार हस्ताक्षर भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि हस्ताक्षर गरेका हुन् ।

‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो ।’ संयुक्त हस्तार गरिएका सहमति पत्रमा भनिएको छ ।

यही २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने गर्ने पनि जनाइएको छ । लामो समय देखि यी दुवै नेता पार्टी एकताका लागि निरन्तर छलफलमा थिए ।

प्रतिक्रिया