आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा फुटवल प्रतियोगिता हुने भएको छ । आठबिसकोट नगरपालिका- ८ दाजेमा दोस्रो दाजेकप हुन लागेको हो । आगमी कार्तिक १३ गतेदेखि दोस्रो दाजे फुटवल कप सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल एकबाट हजार अध्यारोबाट उज्यालोतिर भन्ने मुल नाराका साथ दोस्रो दाजे फुटवल कप हुन लागेको हो ।
ग्रामीण भेकमा हुने फुटवल आयोजनाले फुटवलप्रतिको आकर्षण बढ्दै गएको छ । खेल संयोजक सुदन बुढाका अनुसार खेलमा सहभागी समुहले ६ हजार पाँच सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने छ । भने प्रथम हुनेले ६० हजार रुपैयाँ पुरस्कार पाउने छन्। मेडल कप र प्रमाणपत्र का साथ दोस्रो हुने समुहले ३५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक बुढाले बताए ।
खेल खुल्ला र फुटसलको नियममा रहेर खेलाईने बताईएको छ । खेलमा बिभिन्न क्लवले सहभागिता जनाउने बताईएको छ । त्यस्तै बेष्ट प्लेर, किपर , डिफेन्सर र टप स्कोरहरुले पनि २५ सयका दरले पुरस्कार को व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । पछिल्लो समय पहाडी जिल्लामा पनि फुटवल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया