महिला टी-२० : तान्जानियासँग नेपाल २७ रनले पराजित

काठमाडौं । चार देश सम्मिलित महिला टी २० आई सिरिजमा तान्जानियासँग नेपाल पराजित भएकाे छ। बुधबार बिहान हङकङमा भएको खेलमा तान्जेनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८८ रन बनाउन सक्यो ।

नेपाल र तान्जेनिया पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । तान्जेनियाले दुई अंक जोडेको छ । हालसम्म दुई देशबीच प्रतिस्पर्धा भएको थिएन । फातुमा किबासुको कप्तानीमा रहेको तान्जेनिया आईसिसी वरियतामा १९औं र नेपाल २१औं स्थानमा छ । नेपालले यसपछि शृंखलामा आयोजक हङकङ र जापानसँग खेल्नेछ । तालिकामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि नोभेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया