आइएमई पे एनएसएलको टिकेटिङ पार्टनर

काठमाडौं । आइएमई पे फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको टिकेटिङ पार्टनर बनेको छ । नेपालको पहिलो डिजिटल वालेट दाबी गर्ने आइएमई पेले एनएसएलको दोस्रो संस्करणका लागि आधिकारिक टिकेटिङ पार्टनरको रुपमा सम्झौता गरिएको जानकारी गराएको छ ।

फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगको दोस्रो सिजन मंसिर ८ गतेदेखि सुरु हुदैछ । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले रणनीतिक साझेदारको रुपमा टिकेटिङ पार्टनरको रुपमा आइएमई पेसँग सम्झौता गरेको हो ।

आइएमई पेले पछिल्लो सम्झौताले दर्शकका लागि टिकट खरिद गर्न सहज र झन्झटमुक्त हुने विश्वास लिएको छ । आइएमई पेका कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपाली फुटबलसँग सहकार्य गर्न पाउँदा खुसी ब्यक्त गरेका छन् । उनले डिजिटल वित्तीय समावेशिताको अभियानलाई यस सम्झौताले टेवा पुर्याउने उल्लेख गरेका छन् ।

प्रतिक्रिया