काठमाडौं । टी–२० विश्वकप छनोटअन्तर्गत आज भएको सेमिफाइनल खेलमा युएईले जितका लागि नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो ।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी– २० विश्वकपमा स्थान पक्का गर्नेछ । घरेलु टोली नेपाल यो पटक घरेलु मैदानमा यूएईलाई पराजित गर्दै नयाँ इतिहास लेख्न चाहन्छ ।
समूहगत ‘ए’ ग्रुपमा रहेको सेमिफइनल खेलमा नेपालको खराब ब्याटिङका कारण ओमानसँग ५ रनले हारेको थियो । आज हुने ‘बी’ ग्रुपको विजेता यूएईविरुद्ध नेपाल खेल्न लागेको हो ।
प्रतिक्रिया