काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले टस जितेर पहिला बलिङ रोजेको छ । आज हुने सेमिफाइनलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि खेल सुरु हुँदै छ । नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो । नेपालले आजको खेलमा यसअघिकै टोलीलाई निरन्तरता दिएको छ । यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका दुवै टोली समूह विजेता बन्नका लागि खेल्दै छन् ।
यो खेलको विजेताले समूह ‘ए’ को विजेता बन्दै समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । आजको खेल जित्नेले त्रिवि मैदानमा नै सेमिफाइनल खेल्न पाउनेछ ।
आजको खेलमा पराजित हुने टोलीले सेमिफाइनल खेल मूलपानी मैदानमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया