त्रिकोणात्मक क्रिकेट : हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक सिरिज क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपाललाई जितको लागि हङकङले ९५ रनको लक्ष्य दिएको छ । बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर हङकङविरुद्ध पहिले बलिङ गरेको थियो । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

घरेलु मैदानमा हुने आइसीसी विश्वकप टी २० एसिया छनोटको तयारीस्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्दै छ । नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा हङकङले नेपालविरुद्ध ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले निर्धारित १९.३ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल बनायो । पहिलो खेलमा यूएईलाई नेपालले ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया