त्रिकोणात्मक क्रिकेट : आज नेपाल र हङकङबीच खेल हुँदै

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपाल र हङकङबीच खेल हुने भएको छ । उक्त खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुँदै छ ।

यो क्रिकेट सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको थियो ।

टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ । त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

प्रतिक्रिया