हेटौंडामा जारी एमाओवादीको महाधिवेशनबाट मुलुकसामु रहेका संकट समाधान होला भन्ने आशा गर्न सकिन्छ ?

यत्रो महाधिवेशन गरिसकेपछि त वर्तमान राजनीतिक संकट र संवैधानिक संकटका बारेमा सम्बोधन गर्न केही समाधानका उपायहरू त सुझाउला नै । तर, पनि महाअधिवेशन र राजनीतिक संकटबीच कुनै सम्बन्ध छ जस्तो लाग्दैन । महाधिवेशन मुलुकमा जारी राजनीतिक शून्यता अन्त्य गर्न सफल भयौँ भन्नका लागि पनि केही न केही उपायहरू अवलम्बन गर्ने नै छ ।

विशेषगरी एमाओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि उसले आफ्ना राजनीतिक दस्तावेजमा जेसुकै लेखे तापनि ती व्यवहारमा कहिल्यै आउन सकेका छैनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनमा पेस गरेको दस्तावेजमा नेपालको क्रान्ति शान्तिपूर्ण तरिकाबाट अगाडि बढ्ने उल्लेख गरेका छन् । दस्तवेजमा उल्लेख गरिएअनुसार नै नेपालको क्रान्ति अगाडि बढेमा उसको राजनीति, सिद्धान्त, आचरणलगायतमा केही प्रभाव पार्ने निश्चित छ ।
शान्तिपूर्ण राजनीतिक यात्राका दौरानमा नीति र व्यवहारमा सामन्जस्यता कायम राख्न नसक्दा विगतमा एमाओवादीले ठूलो क्षति बेहोर्नु परेको छ । पार्टी विभाजनजस्तो क्षति यही अवस्था बेहोर्नुलगायत तमाम विचलन आएको अवस्था छ । उसले शान्तिपूर्ण राजनीतिमा आइसकेपछि संगतिपूर्ण व्यवहारहरू गर्न नजानेकै कारण एमाओवादी अहिलेको अवस्थामा आइपुगेको हो ।

प्रतिक्रिया